ज्योति विकास बैंकको नाफा १५ करोड २४ लाख
काठमाडौं । ज्योति विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १५ करोड २४ लाख ३३ हजार चार सय २० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो नाफा गत आवको सोही अवधिको तुलनामा झण्डै पाँच करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा २० करोड १६ लाख १८ हजार पाँच सय ३४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी चार अर्ब ३९ करोड ५७ लाख ८५ हजार आठ सय ८६ रुपैयाँ रहेको बैकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ६३ अर्ब ४२ करोड ५४ लाख ३२ हजार एक सय ३४ रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब ७३ करोड १३ लाख ८९ हजार दुई सय ५६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ७० करोड ६८ लाख ५९ हजार दुई सय ५६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा वितरणयोग्य नाफा २८ करोड ६६ लाख ५८ हजार चार सय ६६ रुपैयाँले ऋणात्मक रहेको बैंकमा चार दशमलव ५८ प्रतिशत स्प्रेडदर रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ६१ अर्ब २८ करोड ४४ लाख ७६ हजार तीन सय ८३ रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब ९६ करोड ४२ लाख ४२ हजार छ सय ५६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ६७ करोड ७५ लाख पाँच हजार तीन सय ६५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा भने २७ करोड छ लाख ७५ हजार ७२ रुपैयाँले ऋणात्मक रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ८० प्रतिशत रहेको थियो ।
ज्योति बिकास बैंकले संस्थापक सेयर बिक्री गर्नै
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्री गर्नै भएको छ । बैंकले बिहिबार सार्वजनिक सुचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्न लागेको जानकारी दिएको हो ।
बैंकका अनुसार यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं कमलपोखरीमा रहेको बैंकको केन्द्रिय कार्यालयमा के कति सेयर खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिनुपर्ने बैंकको भनाई छ । तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया