सिटिजन्स बैंक १८औँ वर्षमा आकर्षक सुविधाको अफर
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १७ वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । मिति २०६४ साल वैशाख ७ गते २०औं वाणिज्य बैंकको रूपमा स्थापना भई अनवरतरूपमा ग्राहकहरूमाझ उत्कृष्ट सेवा पु¥याउँदै आएको सिटिजन्स बैंक आज वैशाख ७ गतेदेखि १८औं वर्षमा प्रवेश गरेको हो ।
यस १७ वर्षको अवधि पार गरिसक्दा बैंकले करिब १७ लाख २४ हजार ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सात वटै प्रदेशमा फैलिएको एक सय ९० वटा शाखाहरूमार्फत चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कुल निक्षेप करिब एक खर्ब ८४ अर्ब रहेकोमा कर्जातर्फ एक खर्ब ५६ अर्ब रुपैयाँ रहेको छ र यसै अवधिमा बैंकले करिब एक अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
बैंकले १७औं वार्षिकोत्सवको अवसरमा शुक्रबार सात वटै प्रदेशमा करिब एक हजार ५३ कर्मचारीहरूको सहभागितामा प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखीकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै, संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले ‘रक्तदान नै जीवनदान’ भन्ने नारालाई सार्थक बनाउँदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केही हदसम्म भए पनि पूरा होस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सातवटै प्रदेशका कुल २५ शाखाहरूबाट करिब छ सय ८४ जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ । साथै, यसै अवसरमा मधेश प्रदेशअन्तर्गत वीरगञ्ज शाखा र लुम्बिनी प्रदेशअन्तर्गत बुटवल शाखाले निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेका छन् । शिविरमा करिब तीन सय जना सेवाग्राहीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथसाथै आवश्यक औषधीहरू समेत निःशुल्क प्राप्त गरेका छन् ।
बैंकले आफ्नो १७औं वार्षिकोत्सवको उपलक्ष्यमा सिटिजन्स स्मार्ट बचत खातालाई १७ थरि आकर्षक सुविधाहरू थप गरेर ग्राहकमाझ ल्याएको छ । अब ग्राहकले यो योजनाअन्तर्गत खाता खोल्दा आकर्षक थप १७ सुविधाहरू निश्चित समयका लागि प्राप्त गर्न सक्ने बताइएको छ । सिटिजन्स बैंकले बचतसम्बन्धी विषयलाई ध्यानमा राख्दै वित्तीय साक्षरतासम्बन्धी एक भिडियो सामग्री समेत आफ्नो १७औं वार्षिकोत्सवको दिन सार्वजनिक गरेको छ । ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यसै दिनदेखि बैंकले आफ्नो थप छ वटा शाखाबाट प्रिभिलेज काउन्टरको समेत सुरुवात गरेको छ । काठमाडौं उपत्यकाभित्र कुमारीपाटी, बौद्ध, कोटेश्वर र न्युरोड शाखामा र उपत्यकाबाहिर बुटवल र हस्पिटललाइन शाखामा वैशाख सात गतेबाट प्रिभिलेज काउन्टर सुचारु भएको छ । साथै, १७औं वार्षिकोत्सवको उपलक्ष्यमा सिटिजन्स बैंकको मुख्य प्रायोजनमा १०औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता यही वैशाख नौदेखि १५ गतेसम्म दशरथ रंगशालामा हुन गइरहेको छ ।
बैंकले देशैभर रहेका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग इकाइहरूबाट १७ लाख २४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप सात शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया