सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूलाई विभिन्न संघसंस्थाहरूसँग समन्वय गरी विशेष छुट दिने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौतापश्चात् सिटिजन्स बैंकका ग्राहकहरूले उक्त संस्थाको सेवामा विभिन्न किसिमको छुट प्राप्त गर्न सक्ने बताएको हो ।
बैंकका ग्राहकले नयाँ बानेश्वर, काठमाडौंमा अवस्थित दुई संस्था नवदर्मा स्किन एन्ड लेजर एस्थेटिक प्रालि र समाज डेन्टल हस्पिटल प्रालि, बौद्ध, काठमाडौंमा अवस्थित उत्पला क्याफे र बसुन्धरामा अवस्थित चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्टिच्युटका सेवाहरूमा १० प्रतिशत देखि २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । यसअघि पनि बंैकले स्वदेश तथा विदेशका विभिन्न संघसंस्थासँग समन्वय गरी ग्राहकहरूलाई सेवा सुविधाहरू प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया