लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र दुई शाखा स्थानान्तरण
काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यकाभित्रका आफ्नो दुई वटा शाखाहरू स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा न. १७, खुसिबुँ अवस्थित दुई वटा शाखामध्ये एउटा शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वडा नं १६ स्थित खरिबोट, वनस्थलीमा स्थानान्तरण गरिएको छ । त्यसैगरी, काठमाडौं महानगरपालिकाको वडा न. २६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बसपार्कनजिकै ल्होत्से मलमा स्थानान्तरण भएको छ ।
स्थानान्तरण गरिएका साविकका खुसिबुँ र गोंगबु शाखाका ग्राहकहरूले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नुहुनेछ । स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ ।
हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा दुई सय ५८ वटा शाखा, तीन सय २१ वटा एटीएम, २८ एक्स्टेन्सन काउन्टर र एक सय ३१ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया