Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार१८८ स्थानमा रहेका घरजग्गा बिक्री गर्दै एनआईसी एशीया बैंक

१८८ स्थानमा रहेका घरजग्गा बिक्री गर्दै एनआईसी एशीया बैंक


काठमाडौं । एनआईसी एशिया बैंकले देशका विभिन्न जिल्लाको १८८ स्थानमा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आइतबार सूचना जारी गर्दै १८८ स्थानमा रहेको गैर बैंकिङ सम्पत्ति बिक्रीका लागि ७ दिन भित्र शिलबन्दी बोलपत्र आवेदन दिन आग्रह गरेको हो ।

बैंकको नाममा दर्ता रहेको गैर बैंकिङ सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ, सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गर्ने जनाएको छ । बैंकले बिक्री गर्ने गैर बैंकिङ सम्पत्ति इच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ, संस्थाहरुले ७ दिन भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
बैंकले विभिन्न जिल्लामा रहेका १८८ स्थानका घर तथा जग्गा बिक्री गर्न लागेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया