महिला सशक्तीकरणका लागि लक्ष्मी सनराइज बैंकको शिक्षित लक्ष्मी पहल
काठमाडौं । महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिदैँ लक्ष्मी सनराइज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको छ । बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रियरूपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रमलाई एउटै छाताभित्र ल्याएको हो ।
यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरूलाई राष्ट्र निर्माणमा योगदान पु¥याउन सक्षम बनाउँदै समावेशी र समतामूलक समाज निर्माण गर्ने उद्देश्य राखेको छ । यस पहलअन्तर्गत आगामी सात वर्षमा कुल ३५ लाख रकम प्रदान गर्ने गरी बैंकले हालै समता एजुकेसन ट्रस्टसँग समझदारी गरेको छ । सो रकमले देशभरका समता स्कुलमा अध्ययनरत सामाजिक र आर्थिकरूपमा विपन्न छात्राहरूले वार्षिकरूपमा छात्रवृत्ति प्राप्त गर्नेछन् ।
यसैगरी बैंकले आगामी पाँच वर्षसम्ममा एक करोडको छात्रवृत्ति कोष स्थापना गर्न काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेको छ । सो कोषमार्फत सोही विश्वविद्यालयबाट विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयहरूमा स्नातकोत्तर वा विद्यावारिधि गर्न चाहने योग्य तथा आर्थिकरूपमा विपन्न महिलाहरूले छात्रवृत्ति प्राप्त गर्नेछन् ।
सो कार्यक्रमअन्तर्गत छात्रवृत्ति प्राप्त गर्ने महिलाहरूको संख्या वर्षेनि बढाउँदै लगिने छ । यस छात्रवृत्तिमार्फत २०२४ ब्याचका इरादा सुवेदी (एमई स्ट्रकचरल इन्जिनियरिङ) र सुनेना न्याछ्योँ (एमएससीईएस) हाल अध्ययनरत छन् । यसअघि पनि बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा नेपालभरका प्रहरी विद्यालयहरूमा अध्ययनरत योग्य छात्राहरूलाई यस्तै प्रकारको अक्षय कोष स्थापना गरी छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
यसबाहेक बैंकले छात्राहरूलाई अन्य क्षेत्रहरूमा सहयोग गर्नुका साथै महिला उत्थानका लागि विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको छ ।
यी प्रयासहरूले लक्ष्मी सनराइज बैंकको शिक्षित लक्ष्मीमार्फत शिक्षाको प्रवर्द्धन र महिला सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई झल्काउँछ । लैङ्गिक समानतालाई आत्मसाथ गर्दै विभिन्न क्षेत्रहरूमा महिलाहरूको उत्थानमा टेवा पु¥याउने सो पहल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको एक मुख्य अङ्ग हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण
- माथिल्लो तामाकोशी पूर्ण सञ्चालनमा ल्याउन अझै एक वर्ष लाग्ने
- तीन हजार बढी विद्यार्थीलाई विद्युतीय चुलो वितरण
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया