३५ खर्बभन्दा बढीको अन्तरबैंक कारोबार
काठमाडौं । बैंक तथा वित्तीय संस्थाबीच एक आपसमा अल्पकालीन अवधिको लागि हुने अन्तरबैंक कारोबार रकम ३५ खर्ब रूपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नौ महिनामा ५४ वटा बैंक तथा वित्तीय संस्थाले ३५ खर्ब आठ अर्ब चार करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका हुन् । यो कारोबार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच खर्ब २५ अर्ब ७१ करोड रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकिङ क्षेत्रको कुल अन्तरबैंक कारोबार रकम २९ खर्ब ८३ अर्ब ६९ करोड रूपैयाँ थियो ।
यस अवधिमा वाणिज्य बैंकहरूले मात्र कुल ३१ खर्ब ८६ अर्ब ४४ करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । वाणिज्य बैंकहरूले गरेको यो कारोबार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार खर्ब ७० अर्ब ५४ करोड रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले मात्र कुल २७ खर्ब १५ अर्ब ९० करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए । चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा विकास बैंक र वित्तीय संस्थाले भने तीन खर्ब २१ अर्ब ६० करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । यो कारोबार रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४ अर्ब ८१ करोड रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंक र वित्तीय संस्थाले कुल दुई खर्ब ६६ अर्ब ७९ करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए ।
राष्ट्र बैंकका अनुसार अन्तरबैंक कारोबार बढेपछि यसको असर बैंकिङ क्षेत्रको ब्याजदरमा परेको छ । सोही आधारमा बैंक तथा वित्तीय संस्थाबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७९ चैतमा सात दशमलव शून्य एक प्रतिशत रहेकोमा २०८० चैतमा तीन दशमलव १० प्रतिशत कायम भएको छ । २०८० चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर आठ दशमलव ५१ प्रतिशत, विकास बैंकहरूको १० दशमकलव ४१ प्रतिशत र वित्तीय संस्थाको १२ दशमलव शून्य दुई प्रतिशत रहेको छ । अघिल्लो वर्षको चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर १० दशमलव ४८ प्रतिशत थियो । २०८० चैतमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर छ दशमलव ५३ प्रतिशत, विकास बैंकहरूको सात दशमलव ५८ प्रतिशत र वित्तीय संस्थाको आठ दशमलव ८२ प्रतिशत छ ।
राष्ट्र बैंकका अनुसार २०७९ चैतमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर आठ दशमलव २६ प्रतिशत कायम भएको थियो । त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० चैतमा वाणिज्य बैंकहरूको १० दशमलव ५५ प्रतिशत, विकास बैंकहरूको १२ दशमलव शून्य सात प्रतिशत र वित्तीय संस्थाको १३ दशमलव ३६ प्रतिशत छ । २०७९ चैतमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १२ दशमलव ८४ प्रतिशत कायम भएको राष्ट्र बैंकको भनाइ छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया