लक्ष्मी सनराइज बैंकद्वारा विराटनगरमा शाखा स्थानान्तरण
काठमाडौं । लक्ष्मी सनराइजले विराटनगरमा रहेको आफ्नो शाखा स्थानान्तरण गरेको छ । बैंकले हनुमान दास रोड, विराटनगर महानगरपालिका वडा नं ७ रहेको आफ्नो दुई शाखामध्ये एउटा शाखालाई विराटनगर महानगर वडा नं ३ को पुष्पलाल चोकमा नयाँ स्थानमा स्थानान्तरण गरेको हो । स्थानान्तरित शाखाबाट सबै सेवाहरू उपलब्ध गराउने बैंकले जानकारी दिएको छ । भर्खरै स्थानान्तरण गरिएको शाखा आफ्ना ग्राहकहरूलाई खुद्रा बैंकिङ सेवाहरूको पूर्ण दायरा प्रदान गर्न र साना र ठूला व्यवसायहरूमा यसको सेवाहरू विस्तार गर्न सुसज्जित रहेको जानकारी पनि बैंकले दिएको छ ।
लक्ष्मी सनराइजको नेटवर्कमा अहिले ५९ जिल्लामा दुई सय ५६ वटा शाखा, तीन सय २१ वटा एटीएम, २८ वटा एक्स्टेन्सन काउन्टर र एक सय ३१ वटा शाखारहित बैंकिङ एजेन्टहरू छन् । बैंकले हरित बैंकिङ र डिजिटल च्यानलहरूजस्तै मोबाइल र इन्टरनेट बैंकिङलाई सक्रियरूपमा प्रवर्द्धन गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
- पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
- राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय
- अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकहरूविरुद्ध फौजदारी मुद्दा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया