बैंकहरूको निष्क्रिय कर्जा दुई खर्ब नाघ्यो
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा (खराब कर्जा) दुई खर्ब रुपैयाँ नाघेको छ । गत चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ५१ खर्ब ३० अर्ब ३४ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकहरूको औसत निष्क्रिय कर्जा तीन दशमलव ९८ प्रतिशत छ । यस आधारमा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा दुई खर्ब तीन अर्ब ७८ करोड ९८ लाख रुपैयाँ देखिएको छ ।
गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ४८ खर्ब ८६ अर्ब ५१ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । त्यसबेला बैंकहरूको निष्क्रिय कर्जा औसत तीन दशमलव ३४ प्रतिशत अर्थात् एक खर्ब ७३ अर्ब २० करोड ९६ लाख रुपैयाँ थियो । एक वर्षमा बैंकहरूको खराब कर्जा शून्य दशमलव ६४ प्रतिशत विन्दु अर्थात् ४० अर्ब ५८ करोड दुई लाख रुपैयाँ बढेको छ ।
२०८० चैत मसान्तमा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा तीन दशमलव ८९ प्रतिशत अर्थात् एक खर्ब ७५ अर्ब ९९ करोड ६८ लाख रुपैयाँ छ । वाणिज्य बैंकहरूले प्रवाह गरेको कुल कर्जा ४५ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ४३ खर्ब ३० अर्ब ५९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव २३ प्रतिशत अर्थात् एक खर्ब ३९ अर्ब ८७ करोड ८२ लाख रुपैयाँ निष्क्रिय कर्जा थियो । एक वर्षमा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा शून्य दशमलव ६६ प्रतिशत अर्थात् ३६ अर्ब ११ करोड ८५ लाख रुपैयाँ बढेको छ ।
विकास बैंकहरूको निष्क्रिय कर्जा २०८० चैत मसान्तसम्म १८ अर्ब १० करोड ६३ लाख रुपैयाँ देखिएको छ । चैत मसान्तसम्म विकास बैंकहरूले चार खर्ब ९८ अर्ब ७९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये तीन दशमलव ६३ प्रतिशत निष्क्रिय कर्जा छ । एक वर्षअघि २०७९ चैतमा विकास बैंकहरूले चार खर्ब ६३ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेकामा त्यसको तीन दशमलव चार प्रतिशत अर्थात् १५ अर्ब ७५ करोड २५ लाख रुपैयाँ निष्क्रिय कर्जा थियो । एक वर्षमा विकास बैंकहरूको निष्क्रिय कर्जा शून्य दशमलव २३ प्रतिशत विन्दु अर्थात् दुई अर्ब ३५ करोड ३७ लाख ९१ हजार रुपैयाँ बढेको छ ।
राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा २०८० चैतमा १० अर्ब १० करोड ९८ लाख रुपैयाँ देखिएको छ । फाइनान्स कम्पनीहरूले ९७ अर्ब २१ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा १० प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा देखिएको हो । यो निष्क्रिय कर्जा एक वर्षअघिको तुलनामा दुई दशमलव २१ प्रतिशत विन्दु अर्थात् दुई अर्ब ५२ करोड ५० लाख रुपैयाँ बढी हो । एक वर्षअघि २०७९ चैत मसान्तसम्मको अवधिमा फाइनान्स कम्पनीहरूले ९२ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा आठ दशमलव १९ प्रतिशत अर्थात् सात अर्ब ५८ करोड ४७ लाख ५९ हजार रुपैयाँ निष्क्रिय कर्जा देखिएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- देशभरको मौसम सफा रहने पूर्वानुमान
- ‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
- मौन अवधि सुरु, के गर्न पाइँदैन ?
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया