एनआईसी एसिया बैंक तथा एनआईसी एसिया क्यापिटलमा निःशुल्क डिम्याट खाता
काठमाडौं । एनआईसी एसिया क्यापिटलले विगत लामो समयदेखि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान सञ्चालन गरी एनआईसी एसिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरूबाट निक्षेप सदस्यअन्तर्गतका सेवाहरू प्रदान गर्दै आइरहेको छ । उक्त ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानमार्फत देशको दूरदराजमा बसोबास गर्ने नेपालीहरूमा डिम्याट खाताको पहुँच विस्तार गर्ने मुख्य उद्देश्यका साथ एनआईसी एसिया क्यापिटल लिमिटेड, क्यापिटलको शाखा कार्यालयहरू, एनआईसी एसिया अनलाइन डिम्याट सेवा र एनआईसी एसिया बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरूबाट मिति २०८१ साल, जेठ १ गतेदेखि मिति २०८१ साल असार मसान्तसम्म निःशुल्करूपमा डिम्याट खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता सञ्चालन शुल्कमा छुट दिने व्यवस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ ।
एनआईसी एसिया क्यापिटलले पछिल्लो समयमा आफ्नो सेवाहरूलाई प्रविधिको प्रयोग गरी आम सर्वसाधारणहरूलाई क्यापिटलको सेवा ‘लाइनमा होइन अनलाइन’ मा भन्ने नारासहित क्यापिटलको अधिकांश सेवाहरू अनलाइनमार्फत लिन मिल्ने व्यवस्था मिलाइएको हुँदा क्यापिटलको वेभसाइटमार्फत सहजै निःशुल्करूपमा डिम्याट खाता खोल्न सकिने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया