सानिमा रिलायन्सको जीवन बीमा कोष साढे १३ अर्ब
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।
प्रकाशित वित्तीय विवरणअनुसार कम्पनीको सेयर पुँजी चार अर्ब १८ करोड रहेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा गत आर्थिक वर्षको तुलनामा ९२ दशमलव ९४ प्रतिशतले नाफा वृद्धि गर्दै ३० करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा जम्मा १५ करोड ७९ लाख रुपैयाँ थियो ।
कम्पनीको महाविपत्ति कोषमा १२ करोड ६९ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ९९ करोड ७२ लाख रुपैयाँ रहेको छ । २०७९/८० को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ९१ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार २४ दशमलव १४ प्रतिशतले वृद्धि भएर १३ अर्ब ५५ करोड पुगेको विवरणले देखाएको छ ।
चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा कम्पनीले चार अर्ब २७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा एक सय १८ दशमलव ९३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष सोही अवधिमा एक अर्ब ९५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।
चार अर्ब एक करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले एक अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन एक सय १७ दशमलव शून्य सात प्रतिशतले वृद्धि भएको पाइन्छ । समीक्षा अवधिमा कम्पनीले पुनर्बीमामार्फत २६ करोड १९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३८ लाख रुपैयाँ पुनर्बीमामार्फत खर्चिएको थियो ।
प्रतिसेयर आम्दानी नौ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ एक सय २६ रुपैयाँ ९९ पैसा रहेको कम्पनीले ४३ करोड ३१ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्च गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया