Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन लाइफको वार्षिकोत्सव

हिमालयन लाइफको वार्षिकोत्सव


काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १६औँ वार्षिकोत्सवको अवसरमा आइतबार सातै प्रदेशमा विविध कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले विभिन्न आश्रम तथा विद्यालयका विद्यार्थीहरूलाई खाद्यान्य र स्टेसनरी सामग्री वितरण गरेको छ ।

कम्पनीले कोशी प्रदेशअन्तर्गत विराटनगरमा पूर्वाञ्चल बाल सेवा आश्रमलाई स्टेसनरी तथा विराटेश्वर वृद्धाआश्रमलाई निर्माण सामग्री, बिर्तामोडस्थित नमस्ते बाल तथा वृद्धा आश्रमका बालबालिकाहरूलाई शैक्षिक सामग्री र वृद्धवृद्धाहरूको लागि खाद्यान्न वितरण गरेको छ । कम्पनीले मधेश प्रदेशअन्तर्गत जनकपुरस्थित राम जानकी वृद्धाआश्रम, बर्दिबासस्थित भुवनेश्वरी वृद्धाआश्रम र वीरगञ्जस्थित मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

यसैगरी बागमती प्रदेशअन्तर्गत अपाङ्ग पुनस्र्थापना केन्द्र गोकर्णमा खाद्यान्य वितरण, चितवन देवघाटस्थित रामजानकी आश्रममा शैक्षिक सामग्री वितरण गरिएको छ भने गण्डकी प्रदेशअन्तर्गत बाग्लुङको मानव सेवा आश्रममा खाना खुवाउने, लमजुङ बेसिसहरस्थित लमजुङ विद्यालयका ४० जना विद्यार्थीहरूलाई स्टेसनरी वितरण, पोखरास्थित वल्डएज होममा खाद्यान्न वितरण गरेको छ ।

लुम्बिनी प्रदेशअन्तर्गत बुटवलस्थित अपाङ्ग आश्रममा खाद्यान्य वितरण, नेपालगञ्ज, पाल्पा र घोराहीस्थित निलसागर सेवा आश्रमका वृद्धावृद्धालाई खाद्यान्न वितरण, कपिलवस्तुस्थित कैलाश आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ भने कर्णाली प्रदेशको सुर्खेतस्थित मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशअन्तर्गत टीकापुरस्थित साहारा घर, डडेल्धुरा स्थित उग्रतारा संस्कृत विद्यालय, झलारीस्थित विद्यालयमा र धनगढीस्थित परिवार बालगृहमा खाद्यान्न तथा विद्यार्थीहरूलाई स्टेसनरी सामग्री वितरण गरिएको छ । हिमालयन लाइफ इन्स्योरेन्स स्थापना भएको मंगलबार १६ वर्ष पूरा हुँदैछ । साविकको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मर्जर भई हिमालयन लाइफ इन्स्योरेन्स बनेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x