Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसियालाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’

एनआईसी एसियालाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’


काठमाडौं । एनआईसी एसिया बैंकले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ अवार्ड पाएको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको यस बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ प्राप्त गर्न सफल भएको हो । अन्तर्राष्ट्रियस्तरको सेवा प्रदायक इन्फोसिस फिनाकलले हरेक वर्ष आयोजना गर्ने ‘इनोभेसन अवार्ड्स’अन्तर्गत सन् २०२४ को लागि इनोभेसन अवार्ड्स २०२४ अन्तर्गत ‘च्यानल इनोभेसन प्लाटिनम’ अवार्डबाट बैंक सम्मानित भएको हो ।

नेपालको डिजिटल बैंकिङ सेवामा इनोभेटिभ र उत्कृष्ट प्रोडक्ट आईसर्भ ल्याएर अन्तर्राष्ट्रियस्तरको अनलाइन बैंकिङ सेवा प्रदान गरेबापत यस बैंकले १० विधामा दुई सय जना आवेदनहरूका बीच प्रतिस्पर्धा गर्दै इनोभेसन विधामा उक्त अवार्ड प्राप्त गरेको हो । आईसर्भ एनआईसीले ल्याएको नेपालको उत्कृष्ट डिजिटल प्लेटफर्म हो, जसले भौतिकरूपमा बैंकको शाखा कार्यालय नपुगी आफ्नै घर वा कार्यालयबाट डिजिटल बैंकिङ सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराएको छ । जहाँबाट ग्राहक सेवा, भुक्तानी, कार्ड सेवा, डकुमेन्ट भेरिफिकेसन, मोबाइल बैंकिङ सेवा, टेलर सेवा, अनलाइन सेवाहरू, मर्चेन्ट सेवाहरू तथा ट्रेड सेवाहरूजस्ता मुख्य डोमेनबाट अधिकांश डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । लाखौँ ग्राहकहरूमाझ डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यले मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवामार्फत अधिकांश डिजिटल बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको बैंकले प्राप्त गरेको यस सम्मानले यी सेवाहरूलाई अझ बढी परिस्कृत गर्दै बढीभन्दा बढी ग्राहक महानुभावहरू माझ पुर्याउन टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकले मुलुकभर तीन सय ६० वटा शाखा कार्यालयहरू, छ सय ७१ वटा एटीएम, एक सय १८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब सात करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा तीन अर्ब ६१ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको बैंकले जानकारी दिएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x