Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र बैकद्वारा भुक्तानी प्रदायक पेवेल नेपाल र सजिलो पेको बैंक खाता रोक्का

राष्ट्र बैकद्वारा भुक्तानी प्रदायक पेवेल नेपाल र सजिलो पेको बैंक खाता रोक्का


काठमाडौं । नेपाल राष्ट्र बैंकले दुईवटा भुक्तानी प्रदायक सेवा कम्पनीहरूको बैंक खाताहरू रोक्का गरेको छ । राष्ट्र बैंकका अनुसार काठमाडौंको अनामनगरमा केन्द्रीय कार्यालय रहेको भुक्तानी सेवा प्रदायक कम्पनी पेवेल नेपाल प्रालि र काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिको बैंक खाता रोक्का गरिएको हो ।

राष्ट्र बैंकका अनुसार यी कम्पनीहरूबाट भइरहेका कारोबारहरू नियामकीय अनुपालनासम्बन्धी छानबिनको क्रममा रहेको हुँदा उपर्युक्त संस्थाहरूको बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरू अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको हो । यसबाट ग्राहकहरूमा पर्नजाने असुविधालाई सम्बोधन हुनेगरी यथाशीघ्र छानबिन सम्पन्न गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x