Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारखराब कर्जा व्यवस्थापनमा फाइनान्स कम्पनीलाई सकस

खराब कर्जा व्यवस्थापनमा फाइनान्स कम्पनीलाई सकस


काठमाडौं । फाइनान्स कम्पनीहरुमा औसत १० दशमलव ४० प्रतिशत खराब कर्जा (निष्क्रिय कर्जा) देखिएको छ । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा पाँच प्रतिशतभन्दा बढी हुनु राम्रो मानिँदैन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निष्क्रिय कर्जा बढीमा पाँच प्रतिशतसम्म सीमित राख्न भनेको छ ।

पाँच प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा रहेका बैंक तथा वित्तीय संस्थालाई तोकिएको सीमाभन्दा कम निष्क्रिय कर्जा कायम नभएमा निक्षेप संकलन र कर्जा प्रवाहमा सीमा तोकिदिने, शाखा विस्तार एवं कर्मचारीहरुको सेवासुविधा, बढुवामा रोक लगाउनेलगायत कारबाही गर्नसक्छ । तर पनि फाइनान्स कम्पनीहरुको निष्क्रिय कर्जा १० प्रतिशत नाघेको छ ।

राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म कुल एक खर्ब २३ अर्ब ३० करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये १० दशमलव ४० प्रतिशत अर्थात् १० अर्ब १० करोड ९८ लाख ४० हजार रुपैयाँ खराब कर्जा देखिएको छ । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव २१ प्रतिशत अर्थात् दुई अर्ब ५२ करोड ५० लाख ८१ हजार रुपैयाँले बढी हो । एक वर्षअघि फाइनान्स कम्पनीहरुले एक खर्ब आठ अर्ब ८२ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा सात अर्ब ५८ करोड ४७ लाख ५९ हजार रुपैयाँ खराब कर्जा थियो ।

फाइनान्स कम्पनीहरुले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार एकाधबाहेक सबैजसो फाइनान्सको खराब कर्जा बढेको छ । जसमध्ये पोखरा फाइनान्सको खराब कर्जा गत आर्थिक वर्षको तेस्रो त्रैमासमा चार दशमलव ८२ प्रतिशत रहेकोमा अहिले बढेर सात दशमलव ९१ प्रतिशत पुगेको छ । नेपाल फाइनान्सको एक वर्षअघि १३ दशमलव १६ प्रतिशत खराब कर्जा रहेकोमा अहिले घटेर नौ दशामलव २४ प्रतिशतमा कायम भएको छ ।

गत आर्थिक वर्षको चैत मसान्तमा एक दशमलव १३ प्रतिशत खराब कर्जा रहेको मल्टीपर्पस फाइनान्सको गत चैतमा तीन दशमलव ४४ प्रतिशत कायम छ । गोर्खाज फाइनान्सको एक वर्षअघि छ दशमलव ७७ प्रतिशत खराब कर्जा रहेकोमा अहिले बढेर १४ दशमलव ५० प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा चार दशमलव ७१ प्रतिशत खराब कर्जा रहेको गुडविल फाइनान्सको अहिले छ दशमलव ४८ प्रतिशत पुगेको छ । मञ्जुश्री फाइनान्सको खराब कर्जा पनि सामान्य बढेको छ । एक वर्षअघि तीन दशमलव ५६ प्रतिशत रहेको खराब कर्जा गत चैत मसान्तमा तीन दशमलव ९५ प्रतिशत पुगेको छ।

आईसीएफसी फाइनान्सको खराब कर्जा पनि केही बढेको छ । गत आर्थिक वर्षको तेस्रो महिनामा दुई दशमलव ६४ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर तीन दशमलव ९१ प्रतिशत पुगेको छ । एक वर्षअघि चार दशमलव ६० प्रतिशत खराब कर्जा रहेको सेन्ट्रल फाइनान्सको अहिले नौ दशमलव ५७ प्रतिशत पुगेको छ । रिलायन्स फाइनान्समा पनि अहिले खराब कर्जा बढेर नौ दशमलव ३४ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको तेस्रोे त्रैमासमा रिलायन्सको खराब कर्जा चार दशमलव २६ प्रतिशत थियो ।

गुहेस्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको खराब कर्जा पनि एक वर्षमा चार दशमलव ३८ प्रतिशतबाट बढेर पाँच दशमलव ७३ प्रतिशत पुगेको छ । यसैगरी बेष्ट फाइनान्सको खराब कर्जा चार दशमलव ३५ प्रतिशत छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा चार दशमलव ७६ प्रतिशत थियो । प्र्रोग्रेसिभ फाइनान्सको खराब कर्जा नौ दशमलव ३४ प्रतिशत छ । एक वर्षअघि खराब कर्जा चार दशमलव ९५ प्रतिशत थियो ।

जानकी फाइनान्सको खराब कर्जा यस आर्थिक वर्षको तेस्रो त्रैमासमा २८ दशमलव ९१ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा २३ दशमलव ६० प्रतिशत थियो । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको खराब कर्जा दुई दशमलव ५५ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त फाइनान्सको खराब कर्जा दुई दशमलव ५५ प्र्रतिशत नै छ । एक वर्षअघि १३ दशमलव ४९ प्रतिशत खराब कर्जा रहेको समृद्धि फाइनान्सको यस आर्थिक वर्षको तेस्रो त्रैमासमा १७ दशमलव २३ प्रतिशत पुगेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x