बैंकिङ प्रणालीमा थुप्रियो पैसा
४० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप झन् तीव्र गतिमा बढ्दै गएको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरूको निक्षेप ६२ खर्ब २६ अर्ब रूपैयाँ पुगेको छ । यस्तै ५१ खर्ब २४ अर्ब रूपैयाँ ऋण लगानी छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० दशमलव शून्य नौ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाले सीडी रेसियो ९० प्रतिशतसम्म कायम गरेर ऋण लगानी गर्न पाउँछन् । बैैंकहरूसँग अहिले चार खर्ब ७९ अर्ब ४० करोड रूपैयाँ लगानीयोग्य रकम छ । तर, बजारमा कर्जाको माग सुस्त हुँदा बैंकहरूको लगानीयोग्य रकम बढ्दै गएको देखिन्छ ।
लगानीयोग्य रकम उच्च रहेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बिक्री गरी वित्तीय प्रणालीबाट ४० अर्ब रूपैयाँ तान्न लागेको छ । केन्द्रीय बैंकले जेठ २४ गते (आज) बिहीबार मध्याह्न ३ बजेसम्म बोलकबोलको माध्यमबाट १४ दिननका लागि सो रकम प्रशोचन गर्नलागेको जनाएको छ । निक्षेप संकलन उपकरणको सो रकम र त्यसको ब्याज भुक्तानी असार ६ गते गर्नेछ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरू, विकास बैंक र फाइनान्स कम्पनीहरूले सो उपकरण किनेर तरलता व्यवस्थापन गर्न सक्नेछन् ।
खरिदकर्ताहरूले घटीमा १० करोड र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्नसक्ने व्यवस्था गरिएको हो । राष्ट्र बैंकका अनुसार यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाहरूमा धितोको रूपमा पनि प्रयोग गर्न सकिनेछ ।
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुनजान्छ । बोलकबोल नगरीकन निक्षेप संकलन दरमा निक्षेप संकलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया