Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकले पायो ‘प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन’ अवार्ड

नबिल बैंकले पायो ‘प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन’ अवार्ड


काठमाडौं । नबिल बैंक लिमिटेडले ’प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन’ अवार्ड पाएको छ । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ मा प्रोसेस इनोभेसनका लागि नबिलले प्लेटिनम अवार्ड पाएको हो ।

बैंकलाई अनबोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदान स्वरूप यो अवार्ड दिइएको हो । यो अवार्डअन्तर्गत १० विधामा दुई सयभन्दा बढी मनोनयन गरिएको बैंकको भनाइ छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले यो अवार्डले नबिलले लिएको डिजिटल रणनीतिलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता पाएको जानकारी दिए ।

‘यो पुरस्कारले डिजिटल रणनीतिमा नबिल बैंकको उत्कृष्टता र इनोभेसनप्रतिको समर्पणलाई झल्काउँछ,’ प्रमुख कार्यकारी ढुंगानाले भने ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x