आईएमई लाइफ इन्स्योरेन्सको सातौँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । आईएमईलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले सोमबार सञ्चालक समितिका अध्यक्ष डा रामहरि अर्यालको सभापतित्वमा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याकेटमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गरेको छ ।
लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७९/८० को ल्ँच्क् बमोजिमको वासलात, नाफानोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीसहितको वित्तीय विवरण उप र छलफल गरी सर्वसम्मतबाट पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्ता पुँजी चार अर्वको २५ प्रतिशतले हुन आउने एक अर्ब बराबरको बोनस सेयर र कर प्रयोजनको लागि समेत एक दशमलव ३१५८ प्रतिशतले हुन आउने पाँच करोड २६ लाख ३१ हजार पाँच सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरी कुल २६ दशमलव ३१ प्रतिशत लाभांश पारित गरेको छ ।
सभामा सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको पदमा रबिनकुमार नेपाल निर्विरोध निर्वाचित भएका छन् । सभाले सञ्चालक समितिको बैठकमा उपस्थित भएबापत सञ्चालकले पाउने सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा पुनरावलोकनको प्रस्ताव समेत पारित गरेको छ । बोनस सेयर जारी गरेपश्चात कम्पनीको चुक्ता पुँजी पाँच अर्व रुपैयाँ कायम हुने भई हाल कायम कम्पनीको पुँजी संरचना परिवर्तन हुने भएकाले कम्पनीको प्रबन्ध–पत्र तथा नियमावलीमा सोहीबमोजिम संशोधन गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । साथै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलार्ई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको मिति २०८० पुस ४ गते बसेको सञ्चालक समितिको १८०औँ बैठकले सञ्चालक समितिमा रिक्त रहेको संस्थापक सेयरधनी समूहमा बाँकी कार्यकालका लागि संस्थापक सेयरधनीहरूबाट सञ्चालकहरूको नियुक्ति गरेकोमा सो नियुक्ति अनुमोदन गरेको छ । सभाले कम्पनी ऐन, २०६३ को दफा १०५(१) (ग) बमोजिम कम्पनीको आर्थिक वर्ष २०७९/८० मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्चहरू अनुमोदन गरेको छ । उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले कम्पनीको प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, मानव संसाधनको विकास एवं ग्राहक सेवाप्रति निरन्तर प्रतिबद्ध रहने कुरा बताए ।
सभाको अन्त्यमा सभाका अध्यक्षले कम्पनीकोे उन्नति र प्रगतिमा निरन्तर अमूल्य सुझाव र सहयोग गर्ने सेयरधनीहरू, नियामक निकायहरू, समस्त बीमितहरू, बैंक तथा वित्तीय संस्थाहरू, पुनर्बीमा कम्पनीहरू, कर्मचारीहरू, अभिकर्ताहरू तथा सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै सभा विर्सजन गरे ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया