Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आइएमई बैंकको ‘डिजिटल युनिभर्स’ सञ्चालनमा

ग्लोबल आइएमई बैंकको ‘डिजिटल युनिभर्स’ सञ्चालनमा


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांश बैंकिङ सेवाहरू बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी बैंकले आफ्ना दुई दर्जनभन्दा बढी सेवाहरूलाई बैंकको वेबसाइटमार्फत अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको हो ।

बैंकले क्युआर कोड तथा पीओएस रजिस्ट्रेसन, ईजी बाई ईजी पे, इकम कार्ड आवेदन, मुद्दती निक्षेप खाताको आवेदन, नयाँ क्रेडिट कार्ड आवेदन, मोबाइल बैंकिङ एक्सेस, मोबाइल बैंकिङ ब्लक तथा अनब्लक, डेबिट कार्ड ब्लक तथा अनब्लक, नयाँ डेबिट कार्ड आवेदन, डेबिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (डेबिट कार्डका लागि) आवेदन, क्रेडिट कार्डको विवरणको लागि आवेदन, क्रेडिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (क्रेडिट कार्डको लागि) आवेदन, क्रेडिट कार्ड ब्लक तथा अनब्लक, डिम्याट, सिआस्बा, मेरो सेयर, टीएमएस खाता खोल्ने, मुद्दती खाता प्रिम्याचुयर आदि ग्राहकमैत्री सेवाहरू बैंकको वेवसाइटबाटै अनलाइन प्रदान गर्नेछ ।

ग्राहकहरूले यस बैंकको वेवसाइटमा रहेकाको ‘डिजिटल युनिभर्स’मा गई वा सिधै क्लिक गरी उल्लेखित सेवाहरू आफ्नो अनुकूलमा प्रयोग गर्न सक्नुहुनेछ । बैंकले केही दिन अगाडि मात्र विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्ने गरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको थियो । जसमा चेक जम्मा गर्ने मेसिन, नगद जम्मा गर्ने मेसिन र एटीएम मेसिनजस्ता अत्याधुनिक मेसिनहरू रहेका छन् ।

पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरूलाई अनलाइनमार्फत नवीनतम् बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले बैंकले डिजिटल युनिभर्स सार्वजनिक गरेको हो । आजको युगमा डिजिटल बैंकिङको महत्व बढ्दै गएको छ । डिजिटल बैंकिङले ग्राहकहरूलाई आफ्नो अनुकूल समयमा सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउँछ । ग्लोबल आइएमई बैंकको डिजिटल युनिभर्स नेपाली बैंकिङ क्षेत्रमा नवीन प्रयास रहेको छ । यसले हाम्रो बैंकिङ क्षेत्र तथा मुलुकको समग्र डिजिटल रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ ।

ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५४ वटा शाखा कार्यालय, तीन सय ७९ वटा एटीएम काउन्टर, दुई सय ७७ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x