वाणिज्य बैंकहरुको नाफामा गिरावट
काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुले ४८ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १५ प्रतिशत कम हो । गत आर्थिक वर्षको १० महिनामा बैंकहरुले ५७ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएका थिए ।
वित्तीय प्रणालीमा अधिक तरलताको स्थिति रहेको, निक्षेपको तुलनामा कर्जा बढ्न नसकेको, कर्जाको माग न्यून रहेका कारण लागत बढेर गएको छ । लागत बढ्दा बैंकहरुको नाफा प्रभावित बन्दै गएको देखिन्छ । यस्तै, बढ्दो सञ्चालन खर्च, उच्च ब्याज खर्च, कर्जा नगएपछि ब्याज आम्दानी बढ्न नसक्नु लगायत कारणले बैंकहरुको नाफा प्रभावित बनेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ वटाको नाफा घटेको छ भने सात वटाको बढेको छ । प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक र सिटिजन्स बैंकको नाफा बढेको छ ।
वैशाख महिनामा मात्रै वाणिज्य बैंकहरुले सात अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएका छन् । २०८० चैतसम्म बैंकहरुले ४० अर्ब ६८ करोड रुपैयाँ कमाएका थिए ।
सबैभन्दा धेरै नाफा नबिल बैंकले पाँच अर्ब ४६ करोड रुपैयाँ कमाएको छ । वैशाखमा मात्रै नबिलले ७९ करोड रुपैयाँ नाफा कमाएको छ । नबिलको नाफा गत आर्थिक वर्षको १० महिनामा छ अर्ब १२ करोड रुपैयाँ थियो ।
नबिल पछि सबैभन्दा धेरै नाफा कमाउने दोस्रो बैंक ग्लोबल आइएमई बैंक छ । ग्लोबल आइएमईले चार अर्ब १२ करोड रुपैयाँ कमाएको छ । धेरै कमाउने तेस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ । यो बैंकले तीन अर्ब ७७ करोड रुपैयाँ कमाएको छ । प्राइम कमर्सियल बैंकले तीन अर्ब २३ करोड रुपैयाँ कमाएको छ भने एभरेष्ट बैंकले दुई अर्ब ९८ करोड रुपैयाँ कमाएको छ ।
कृषि विकास बैंकको नाफा पनि गत आर्थिक वर्षको १० महिनाको तुलनामा बढेको छ । गतवर्ष वैशाखसम्म एक अर्ब २२ करोड रुपैयाँ कमाएकोमा यस वर्ष सोही अवधिमा दुई अर्ब ७० करोड रुपैयाँ कमाएको छ ।
स्ट्यान्डर्ड चार्टर्डको नाफा भने घटेको छ । गतवर्ष वैशाखसम्म दुई अर्ब ७९ करोड रुपैयाँ कमाएकामा यस वर्ष दुई अर्ब ६७ करोड रुपैयाँ कमाएको छ । राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि एक वर्षमा साढे एक अर्बले घटेको छ । गत आर्थिक वर्षको १० महिनामा चार अर्ब छ करोड रुपैयाँ नाफा कमाएकामा यस वर्ष वैशाखसम्म दुई अर्ब ५६ करोड रुपैयाँ कमाएको छ ।
यस आर्थिक वर्षकोे १० महिनामा प्रभु बैंकले दुई अर्ब ५० करोड रुपैयाँ, एनएमबीले दुई अर्ब ४९ करोड रुपैयाँ, हिमालयन बैंकले दुई अर्ब ६३ करोड रुपैयाँ नाफा कमाएको छ । एनआईसी एशिया बैंकको नाफामा पनि उच्च गिरावट आएको छ । बैंकको नाफा एक वर्षमा दुई अर्ब २३ करोड रुपैयाँ घटेको छ । गत आर्थिक वर्षको १० महिनामा एनआईसी एसियाले चार अर्ब ३९ करोड रुपैयाँ कमाएकोमा यस आर्थिक वर्षको १० महिनामा दुई अर्ब १६ करोड रुपैयाँ मात्रै कमाएको छ । यसबाहेक सिद्धार्थ बैंकले एक अर्ब ९८ करोड रुपैयाँ, लक्ष्मी सनराइजले एक अर्ब ९६ करोड रुपैयाँ, सानिमा बैंकले एक अर्ब ७५ करोड रुपैयाँ, कुमारी बैंकले एक अर्ब ४३ करोड रुपैयाँ, नेपाल एसबीआईले एक अर्ब ४२ करोड, माछापुच्छ«े बैंकको एक अर्ब ११ करोड रुपैयाँ कमाएका छन् ।
२० वाणिज्य बैंकमध्ये वैशाखसम्म १९ वटाको नाफा एक अर्ब रुपैयाँ भन्दा धेरै छ । नेपाल बैंकले सबैभन्दा कम ५९ करोड रुपैयाँ नाफा कमाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया