बैंकहरुबीच ३८ खर्बभन्दा बढीको अन्तरबैंक कारोबार !
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबीच एक–आपसमा अल्पकालीन अवधिको लागि हुने अन्तरबैंक कारोबार ३८ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाबीच कुल ३८ खर्ब २१ अर्ब नौ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका हुन् । यो कारोबार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन खर्ब ७९ अर्ब १२ करोड रुपैयाँले बढी हो । गतवर्ष १० महिनामा बैंकहरुबीच ३४ खर्ब ४१ अर्ब ९७ करोड रुपैयाँबराबर अन्तरबैंक कारोबार भएको थियो ।
वाणिज्य बैंकहरुले १० महिनामा ३४ खर्ब ७७ अर्ब चार करोड रुपैयाँबराबर अन्तरबैंक कारोबार गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन खर्ब २६ अर्ब नौ करोड रुपैयाँ बढी हो । गत आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुले ३१ खर्ब ५० अर्ब ९५ करोड रुपैयाँबराबर अन्तरबैंक कारोबार गरेका थिए । यस आर्थिक वर्षको १० महिनामा विकास बैंक र फाइनान्स कम्पनीहरुले तीन खर्ब ४४ अर्ब पाँच करोड रुपैयाँबराबर अन्तरबैंक कारोबार गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३ अर्ब तीन करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको १० महिनामा विकास बैंक र फाइनान्स कम्पनीहरुले दुई खर्ब ९१ अर्ब दुई करोड रुपैयाँबराबर अन्तरबैंक कारोबार गरेका थिए ।
अन्तरबैंक कारोबार बढेपछि यसको असर बैंकिङ क्षेत्रको ब्याजदरमा परेको छ । सोही आधारमा बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०८० वैशाखमा सात प्रतिशत रहेकोमा २०८१ वैशाखमा दुई दशमलव ८८ प्रतिशतमा झरेको छ ।
वित्तीय प्रणालीमा अधिक तरलताको स्थिति देखापर्दै गएपछि अन्तरबैंक कारोबारबाहेकका शीर्षकको भारित औसत ब्याजदर पनि प्रभावित भएको देखिन्छ । २०८० वैशाखमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर नौ दशमकलव ६६ प्रतिशत रहेकोमा २०८१ वैशाखमा तीन दशमलव शून्य दुई प्रतिशतमा झरेको छ ।
२०८१ वैशाखमा वाणिज्य बैंकहरुको औसत आधार दर आठ दशमलव ३४ प्रतिशत, विकास बैंकहरुको १० दशमलव १५ प्रतिशत र फाइनान्स कम्पनीहरुको ११ दशमलव ६१ प्रतिशत छ । अघिल्लो वर्षको चैतमा वाणिज्य बैंकहरुको औसत आधार दर १० दशमलव २७ प्रतिशत थियो । २०८१ वैशाखमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर छ दशमलव ३५ प्रतिशत, विकास बैंकहरुको सात दशमकलव ३१ प्रतिशत र फाइनान्स कम्पनीहरुको आठ दशमलव ५५ प्रतिशत छ । २०८० वैशाखमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर आठ दशमलव शून्य आठ प्रतिशत कायम भएको थियो ।
कर्जाको भारित औसत ब्याजदर २०८१ वैशाखमा वाणिज्य बैंकहरुको १० दशमलव ३४ प्रतिशत, विकास बैंकहरुको ११ दशमलव ८९ प्रतिशत र फाइनान्स कम्पनीहरुको १३ दशमलव ११ प्रतिशत छ । २०८० वैशाखमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२ दशमलव ६५ प्रतिशत थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया