Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकहरूको चुक्ता पुँजी चार खर्ब ३६ अर्ब

बैंकहरूको चुक्ता पुँजी चार खर्ब ३६ अर्ब


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको कुल चुक्ता पुँजी चार खर्ब ३६ अर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका २०८१ वैशाख मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूको चुक्ता पुँजी चार खर्ब ३६ अर्ब ४० करोड ७० लाख रूपैयाँ पुगेको हो । जुन एक वर्षअघिको तुलनामा ११ अर्ब ७७ करोड ६० लाख रूपैयाँले बढी हो । २०८० वैशाखमा बैंक तथा वित्तीय संस्थाको कुल चुक्ता पुँजी चार खर्ब २४ अर्ब ६३ करोड १० लाख रूपैयाँ थियो ।

२०८१ वैशाख मसान्तमा २० वटा वाणिज्य बैंकहरूको चुक्ता पुँजी तीन खर्ब ७९ अर्ब २० करोड रूपैयाँ कायम छ । जुन एक वर्षअघिको तुलनामा नौ अर्ब १६ करोड ३० लाख रूपैयाँले बढी हो । विकास बैंकहरूको चुक्ता पुँजी पनि एक वर्षमा दुई अर्ब ३८ करोड ८५ लाख रूपैयाँले बढेर ४२ अर्ब १७ करोड १० लाख रूपैयाँ पुगेको छ । २०८० वैशाखमा विकास बैंकहरूको चुक्ता पुँजी ३९ अर्ब ७८ करोड ६० लाख रूपैयाँ थियो । २०८१ वैशाख मसान्तमा फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी १५ अर्ब २१ करोड ६० लाख रूपैयाँ कायम छ । जुन एक वर्षअघिको तुलनामा २२ करोड ९० लाख रूपैयाँले बढी हो । २०८० वैशाखमा फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी १४ अर्ब ९८ करोड ७० लाख रूपैयाँ थियो ।

बैंक तथा वित्तीय संस्थाहरूको चुक्ता पुँजी बढ्दै जाँदा निक्षेप र कर्जाको आकार पनि बढ्दै गएको छ । राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा ६२ खर्ब ४२ अर्ब रूपैयाँ निक्षेप छ भने ५१ खर्ब ३३ अर्ब रूपैयाँ कर्जा प्रवाह छ । एक वर्षअघि बैंकिङ प्रणालीमा निक्षेप ५४ खर्ब ५४ अर्ब रूपैयाँ र कर्जा प्रवाह भएको रकम ४८ खर्ब ७४ अर्ब रूपैयाँ थियो ।

अहिले वाणिज्य बैंकहरूसँग निक्षेप ५५ खर्ब २५ अर्ब रूपैयाँ छ भने ४५ खर्ब ४२ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् । एक वर्षअघि वाणिज्य बैंकहरूको निक्षेप ४८ खर्ब ४२ अर्ब रूपैयाँ र कर्जा लगानी ४३ खर्ब २० अर्ब रूपैयाँ हाराहारी थियो ।

विकास बैंकहरूले अहिले पाँच खर्ब ९३ अर्ब निक्षेप र चार खर्ब ९६ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन् । एक वर्षअघि निक्षेप पाँच खर्ब ४४ अर्ब र कर्जा लगानी चार खर्ब ४२ अर्ब थियो । फाइनान्स कम्पनीहरूको निक्षेप एक खर्ब २४ अर्ब ३० करोड रूपैयाँ र कर्जा लगानी ९८ अर्ब ७५ करोड रूपैयाँ छ । एक वर्षअघि फाइनान्स कम्पनीहरूको कुल निक्षेप एक खर्ब सात अर्ब ८४ करोड रूपैयाँ र ९२ अर्ब ७० करोड रूपैयाँ कर्जा लगानी थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x