Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा विकास बैंकका ग्राहकलाई सिद्धबाबा चस्मा पसलमा विशेष छुट

कामना सेवा विकास बैंकका ग्राहकलाई सिद्धबाबा चस्मा पसलमा विशेष छुट


काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीहरूका लागि रुपन्देहीको बुटवलमा रहेको जय सिद्धबाबा चस्मा पसलले आफ्ना सेवामा विशेष छुट दिने भएको छ । बैंक र सिद्धबाबा चस्मा पसलबीच हालै यस्तो सम्झौता भएको हो ।

नयाँ सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले उक्त चस्मा पसलले प्रदान गर्ने विभिन्न सेवासुविधामध्ये ब्रान्डेड चस्मामा २५ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बताइएको छ ।

सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण व्यक्तिहरूले विशेष लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ । बैंकले हाल सबै क्षेत्रमा गरी एक सय ३५ वटा शाखा सञ्जाल तथा ७७ एटीएम र विभिन्न शाखारहित सेवा केन्द्रमार्फत् अत्याधुनिक सेवा दिँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x