सूर्यज्योति लाइफको मोबाइल एप ६० हजार डाउनलोड
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले अहिलेसम्म आफ्नो मोबाइल एपको डाउनलोड ६० हजारभन्दाबढी पुगेकोमा यसलाई महत्वपूर्ण उपलब्धि भएको जनाएको छ । मर्जरपश्चात् परिमार्जन गरीसेवामा ल्याएको सूर्यज्योति मोबाइल एपले छोटो समयमै प्राप्त गरेको यो उपलब्धिले एपकोबढ्दो लोकप्रियता र ग्राहक तथा बीमितहरूले सूर्यज्योति लाइफ इन्स्योरेन्सप्रति राखेकोविश्वासलाई उजागर गरेको विश्वास कम्पनीले गरेको छ ।
यो एपको प्रयोगले अभिकर्ताहरूलाईव्यवसाय विस्तार गर्न र बीमा योजनासम्बन्धी सम्पूर्ण जानकारी लिन सहज हुने र सक्रियअभिकर्ताबीच आफ्नो टिम व्यवसाय विस्तार गर्न अमूल्य भूमिका खेल्ने कम्पनीले जनाएको छ । यो एपमा एकदमै परिष्कृत प्रिमियम क्याल्कुलेटरको सुविधा भएका कारण अभिकर्ताहरूलेबीमितको उपयुक्त विवरणहरू समावेश गर्ना साथ बीमितको प्रिमियमको जानकारी तुरुन्तै पाउनसकिने र कुन बीमा पोलिसी लिन उपयुक्त हुन्छ सोको अनुमान तुरुन्तै गर्न सकिन्छ ।
अभिकर्ताहरूले आफ्नो टिम, व्यवसाय, बीमितहरूको विस्तृत जानकारी, मेडिकलसहितको प्रिमियम, नवीकरणसम्बन्धी विवरण, आयविवरण, अभिकर्ता सञ्जाल, नोटिफिकेसन तथा अन्यथुप्रै सुविधाहरू समावेशभएकै कारण सूर्यज्योति मोबाइल एप अभिकर्ताहरूको रोजाइमा परेको हो ।जसलेगर्दा उनीहरूलाई आफ्नोआम्दानीलाई प्रभावकारीरूपमा व्यवस्थापन गर्न रआफ्नो वित्त व्यवस्थापन गर्न मद्दत पुग्छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत, प्रकाश विक्रम खत्रीले एपको उल्लेखनीय सफलताले आफूलाई थप उत्साहित बनाएको,व्यक्त गर्दै भने ‘हाम्रो एप ६० हजारभन्दा बढी डाउनलोड भएको र सूर्यज्योति लाइफका १० हजार रजिस्टर्ड अभिकर्ताहरूले यो सुविधाहरू प्रयोग गर्नुभएकोमा हामी धेरै खुसी भएका छौँ । हाम्रा ग्राहकहरू र अभिकर्ताहरूका लागि डिजिटल माध्यमबाट उत्कृष्ट एवं नवीनतम् प्रविधिमार्फत सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको यो ज्वलन्त उदाहरण हो । जीवन बीमासम्बन्धी सेवा र सुविधाहरूलाई सरल र सुलभ बनाउन हाम्रो एपले प्रभावकारी भूमिका खेल्नेमा हामी ढुक्क छौँ ।
साथै,बीमा क्षेत्रमा डिजिटल प्रविधिको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै, सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफूले प्रदान गर्ने सेवालगायत सूर्यज्योति लाइफको एपमा समय सापेक्ष परिमार्जित र परिष्कृत गर्दै लैजाने विश्वास खत्रीले बताए । सूर्यज्योति लाइफ इन्स्योरेन्स एप डाउनलोड गर्नका लागि एप्पल एप स्टोर वा गुगल प्लेस्टोरबाट सजिलै डाउनलोड गर्न सकिने छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया