नेपालका लागि विश्व बैंकको नयाँ ‘कन्ट्री डाइरेक्टर’मा डेभिड
काठमाडौं । नेपालका लागि विश्व बैंकको नयाँ ‘कन्ट्री डाइरेक्टर’मा डेभिड सिस्लेनिस नियुक्त भएका छन् । विश्व बैंकका अनुसार डेभिड सिस्लेनिस माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकको नयाँ निर्देशकमा नियुक्त भएका हुन् ।
नवनियुक्त निर्देशक सिस्लेनले फारिस हदाद–जेर्भोसको स्थान लिनेछन्, जसले विश्व बैंकको नयाँ कार्यभार सम्हाल्नेछन् । उनले केही समयअघि वासिङ्टन डिसीमा रहेको ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा सहरी, विपत् जोखिम व्यवस्थापन र भूमिको अभ्यास प्रबन्धकको रुपमा काम गरेका थिए । ‘म मेरो नयाँ भूमिकाको प्रतिक्षामा छु र हाम्रा सबै शुभचिन्तकहरु र साझेदारहरूसँग चाँडै भेट्नेछु’, सिस्लेनले भने । ‘मेरो मुख्य प्राथमिकता भनेको गति, दीर्घकालीन रणनीति बनाएर बैंकको सेवालाई प्रभावकारी बनाई सरकार, विकास साझेदारहरू र सरोकारवाला अन्य निकायहरुसँग नजिकबाट काम गर्नु हो’, उनले भने । सिस्लेनले माल्दिभ्स, नेपाल र श्रीलंकामा विश्व बैंकको करिब ४.८ अर्ब डलरको पोर्टफोलियोको निरीक्षण गर्नेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया