Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ सेवा र अब्बल नतिजाको यात्रा

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ सेवा र अब्बल नतिजाको यात्रा


काठमाडौं । विश्वका विभिन्न कुनाहरूमा स्थापना भएको सम्पूर्ण व्यवसायीहरूले आफ्नो व्यवसायलाई विश्व समुदाय माँझ उत्कृष्ट सावित गराउने प्रयास निरन्तर जारी राख्दछन् । उक्त प्रयासलाई वास्तविकतामा परिणत गर्न व्यावसायिक कसरत वा गतिविधिका साथ अथक मेहनत गर्दा पनि केही व्यवसायी वा व्यवसायलाई मात्र विश्व समुदायमाझ उत्कृष्ट हुने सौभाग्य प्राप्त हुन्छ ।

आजको समयमा विश्वहरूका सम्पूर्ण देशहरू एकअर्काको छिमेकजस्तै भइसकेका छन् । कुनै एक देशको गतिविधिले भौगोलिक अवस्थामा क्षितिज पारी रहेको देशलाई पनि विभिन्न किसिमका व्यावसायिक प्रभाव पारिरहेको हुन्छ । सम्पूर्ण व्यवसायको आफ्नो–आफ्नो किसिमका फरक–फरक व्यावसायिक लक्ष्य भए पनि सबैको एउटै लक्ष्य भनेको भएका व्यवसायहरूमध्ये आफ्नो व्यवसायलाई अब्बल सावित गर्नु हो ।

अझ विश्वव्यापीकरणको युगमा कुनै एउटा भूगोलमा स्थापित व्यवसायको प्रतिस्पर्धा विश्वको अर्को कुनामा रहेका व्यवसायसँग रहँदै आएको छ । त्यसैले आजको नयाँ तथा स्थापित व्यवसायहरूको लक्ष्य भनेको विश्वभरका आफ्नो प्रतिस्पर्धीहरू माझ आफूलाई उत्कृष्ट सावित गर्नु हो । कुनै एउटा व्यवसायले आफूलाई उत्कृष्ट सावित गर्दा उक्त व्यवसायले आफ्नो स्थापना भएको देशको झण्डालाई विश्वसामु उच्च बनाउँछ । विश्वमाझ देशलाई परिचित गराउने भएकाले देशका प्रख्यात कलाकारहरू तथा विभिन्न व्यक्तित्वलाई देशको गहनाको रूपमा चिन्ने गरिन्छ । यसैगरी आजको विश्वमा व्यवसायहरूले विश्वमाझ उत्कृष्ट सावित गरी देशको झण्डा अन्तर्राष्ट्रिय समुदायमा उँचो बनाउन प्रयासरत छन् ।

सम्पूर्ण नेपालीहरू माझ बैंकिङ पहुँच विस्तार गर्ने उद्देश्य राखी सबैका लागि बैंक भन्ने मूलनारासहित २०६३ सालमा स्थापना भएको नेपालीहरूको बैंक हो ग्लोबल आइएमई बैंक । ग्लोबल आइएमई नेपालको सबैभन्दा ठूलो बैंक हो भन्ने कुरालाई बैंकले वित्तीय सूचकांकहरूको माध्यमबाट आफूलाई अब्बल स्थापित गरिसकेको छ । बैंकको देश भित्रभित्र रहने नागरिकका लागि मात्र होइन विश्वभरि रहनुभएका नेपाली नागरिकहरूलाई बैंकिङ सेवा दिने प्रयास स्वरूप विश्वका विभिन्न मुलुकहरूमा बैंकको प्रतिनिधि कार्यालयहरू राखी सेवा सञ्चालन गरिरहेको छ ।

देश भनेको भौगोलिक क्षेत्र मात्र नभई नागरिक पनि देश हो भन्ने मान्यतालाई आत्मसाथ गरी नेपाली नागरिकहरू रहनुभएको प्रदेशबाटै नेपाली बैंकको माध्यमबाट बैंकिङ कारोबार गर्न सहजता प्रदान गरिरहेको छ । जसले उक्त बैंकको सबैंका लागि बैंक भन्ने मूलनारालाई थप सार्थकता प्रदान गरेको छ ।

ग्लोबल आईएमई बैंक नेपालको सबैभन्दा ठूलो वित्तीय संस्थाको रूपमा बैंकिङ क्षेत्रलाई नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । ग्लोबल आईएमई बैंकले नवीनतम् सेवा तथा सुविधाहरूमा सार्वजनिक गरी बैंकका ग्राहकहरूलाई प्रविधिमा आधारित सेवाहरू प्रदान गरिरहेको छ र यस बैंकले सार्वजनिक गरी प्रदान गरिरहेको सेवाहरू आम बैंकिङ क्षेत्रका ग्राहकमाझ लोकप्रियतापश्चात् अन्य वित्तीय संस्थाहरूले पनि उक्त सेवा तथा सुविधालाई अंगीकार गरेको देखिन्छ ।

ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका बैैंक तथा वित्तीय संस्थाको विभिन्न सूचकहरूको सूक्ष्म मूल्याङ्कन गरी विभिन्न महादेशबाट उत्कृष्ट बैंकहरू छनौट गर्दै आइरहेको छ । उक्त ग्लोबल फाइनान्स म्यागजिनले प्रदान गर्ने अवार्डलाई विश्वस्तरमा प्रतिष्ठित अवार्डको रुपमा परिचित छ ।

विगतका वर्षहरूमा उक्त अवार्डका लागि अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्यपूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरूलाई छनौट गर्दै आइरहेको थियो । तर यस वर्षदेखि एसिया प्यासिफिक क्षेत्र पनि समावेश गरेको थियो र उक्त क्षेत्रहरूमा नेपालको तर्फबाट ग्लोबल आइएमई बैंकलाई बेस्ट बैंक अवार्ड प्रदान गरेको हो । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो ।

यस वर्ष हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेसियाको मेबैंक, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड बङ्लादेश, फिलिपिन्सको मेट्रो बैंकलगायतका विश्वभरका विभिन्न बैंकहरूलाई विभिन्न विधामा सम्मानित भएको थिए । एसिया प्यासिफिकअन्तर्गत नेपालको बैंक ग्लोबल आइएमई बैंकले उक्त सम्मानसहित नेपालको झण्डा विश्वमञ्चमा फर्फराएको हो ।

साथै, यस बैंकले देशभित्रका विभिन्न अभियानहरूमा नेत्तृत्वदायी भूमिका पनि निर्वाह गर्दै आइरहेको छ । दिगो विकास लक्ष्य २०३० प्राप्तिको लागि बैंकले नेपाल सरकार वा सरकारका माताहतका विभिन्न संस्थाहरू वा विदेशी संस्थाहरूसँग सहकार्य गर्दै आइरहेको छ । बैंकले वातावरणीय प्रदूषण कम गर्नका लागि विभिन्न किसिमका गतिविधि सञ्चालन गरिरहेको छ । बैंकले आफ्नो कार्यालयभित्र प्लास्टिकजन्य वस्तुहरूको कम प्रयोग गर्ने अभियान सुरु गरी अन्य बैंक तथा वित्तीय संस्था र सम्पूर्ण व्यवसायलाई यस अभियानमा लाग्न समेत आह्वान गरेको छ । साथै, बैंकले सार्वजनिक तथा व्यक्तिगत सवारीसाधनमा विद्युतीय साधनको पँहुच विस्तारको लागि पनि न्यूनतम् ब्याजदरमा कर्जा विस्तार गर्दै आइरहेको छ । बैंकको ग्रिन आवास कर्जा योजनाको विशेषतालाई हेर्ने हो भने यस बैंकलाई जिम्मेबार संस्थाको रूपमा हेर्न सकिन्छ । यस बैंक एक कर्पोरेट सिटिजन भएका कारणले यसले आफू स्थापित भएको समाजलाई एक असल नागरिकको परिचय दिई सेवा सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्दै आएको छ ।

बैंकले लघु, साना तथा मझौला व्यवसायमा आम नागरिकलाई आकर्षण गर्नको लागि न्यूनतम ब्याजदरमा कर्जा सुनिश्चितताको लागि आईएफसीसँग ५६ मिलियन डलर ऋण लिई लैङ्गिक तथा जलवायु फाइनान्सिङका क्षेत्रहरूमा वित्तीय पहुँच विस्तार गर्दै आएको छ । यस्ता कर्जाहरूको विस्तारले साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिष्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने, रोजगारी सिर्जना गर्ने र जलवायु लक्ष्य प्राप्तिमा सहयोग गर्नेेछ ।

बैंकले आफ्नो व्यवसाय विस्तार गर्दा पनि नेपाली माटोको आवश्यकतालाई आत्मसाथ गरी विभिन्न सेवा तथा सुविधा सार्वजनीक गर्दै आईरहेको छ । साथै, बैंकको अध्यक्ष चन्द्रप्रसाद ढकालले यस बैंकलाई विश्वको उत्कृष्ट एक हजार बैंकमा समावेश गर्ने लक्ष्य राख्नुभएको छ ।

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको “बेस्ट बैंक अवार्ड”
ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरू छनोट गरी सम्मानित गरेको हो ।

बैंकको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङलगायतका मापदण्डहरूमा ग्लोबल आइएमई बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो ।

ग्लोबल फाइनान्स म्यागाजिनले अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्यपूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरूलाई सम्मान गरेको हो  ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो । ग्लोबल फाइनान्सले यस वर्ष हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेसियाको बैंक, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड बङ्लादेश, फिलिपिन्सको मेट्रो बैंकलगायतका विश्वभरका विभिन्न बैंकहरूलाई विभिन्न विधामा सम्मानित गरेको हो ।

ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी समयसान्दर्भिक नविनतम् सेवाहरू प्रदान गर्दै आइरहेको ग्लोेबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सबाट “नेपालको उत्कृष्ट बैंक” को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरू प्रदान गर्न थप उत्साहित गर्नेछ ।

बैंकका ग्राहकहरूको माया, कर्मचारीवर्गको लगनशीलता, सेयरधनी महानुभावहरू, नियमनकारी संस्थाहरू, अन्य सरोकारवालाको मार्गदर्शनले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंकमा स्थापित गरेको छ ।

‘युरोमनी अवार्ड फर एक्सलेन्स–बेस्ट बैंक नेपाल २०२२’ बाट सम्मानित
सन् १९९२ मा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित र एक मात्र अवार्ड हो । बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधिको प्रयोग तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको थियो ।

युरोमनी म्यागाजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात रहेको थियो । युरोमनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू रहेका छन् । अमेरिकाको बैंक अफ अमेरिकाले यो वर्ष विश्वको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आइएमई बैंकको ए रेटिङ
इक्रा नेपालले जारीकर्ता रेटिङमा ग्लोबल आईएमई बैंकलाई ‘ए’ प्रदान गरेको छ । यस रेटिङले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा नै पूरा गर्न सक्ने पर्याप्त क्षमता तथा कर्जा जोखिम न्यून रहेको जनाउँछ ।

बैंकको पर्याप्त तरलता तथा पुँजी कोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत् कार्यालय सञ्जाल, स्वस्थ ब्याज आम्दानी तथा आय विवरण, सञ्चालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवद्र्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदिजस्ता तथ्यको आधारमा यस बैंकको रेटिङको स्तर वृद्धि गरिएको हो ।

ग्लोबल आइएमई बैंकलाई “बेष्ट इन्टरनेट बैंक २०१६–नेपाल” अवार्ड
ग्लोबल आइएमई बैंक लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्याग्जिन “इन्टरनेसनल फाइनान्स म्यागजिन” द्वारा “बेष्ट इन्टरनेट बैंक २०१६–नेपाल” अवार्डबाट सम्मानित भएको थियो । सिगांपुरमा आयोजना भएको उक्त विशेष कार्यक्रमका बीच बैंकलाई उक्त अवार्ड प्रदान गरेको थियो ।

ग्लोबल आइएमई बैंकलाई गुणस्तरीय इन्टरनेट बैंकिङ सेवा प्रदान गरेको आधारमा उक्त सम्मानद्वारा सम्मानित गरेको हो । ग्लोबल आईएमई बैंक नेपाली भाषा (देवनागरीमा) इन्टरनेट बैंकिङ सेवा प्रदान गर्ने नेपालमा पहिलो बैंक हो ।

बैंकले आफ्ना ग्राहकहरू माझ सहज बैंकिङ सेवा प्रदान गर्ने लक्ष्यले अत्याधुनिक प्रविधियुक्त सुरक्षित ग्लोबल अनलाइन इन्टरनेट बैंकिङ तथा ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्लोबल आइएमई बैंक बन्यो सबैभन्दा बढी कर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था
ग्लोबल आइएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था बनेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो ।

आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा ग्लोबल आईएमई बैंकलाई सम्मान गरेको थियो ।

तत्कालीन समयमा भएको कार्यक्रममा तत्कालीन प्रमुख अतिथि अर्थमन्त्री डा प्रकाशशरण महतले ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरूप सम्मान पत्र प्रदान गरेका थिए । ग्लोबल आइएमई बैंक लिमिटेड विभिन्न सूचकहरूमा नेपालको सबैभन्दा ठूलो बैंकको रूपमा स्थापित छ ।

सन् २००७ मा वाणिज्य बैंकको रुपमा बैंकिङ कारोबार सुरुवात गरेको ग्लोबल आइएमई बैंकले आफ्नो बैंकिङ यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा प्राप्ति गरी सबल र उत्तरदायी बैंकको रूपमा स्थापित भएको छ ।

आफ्नो व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य २०२५ अनुशरण गर्दै कार्यसम्पादन गर्दै आइरहेको ग्लोबल आईएमई बैंकले प्रविधिमैत्री बैंकिङ सेवा तथा सुविधाको पहुँच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x