Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकिङ प्रणालीबाट फेरि ४० अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट फेरि ४० अर्ब तान्दै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट फेरि ४० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । बिहीबार १४ दिन अवधिका लागि ५० अर्ब रुपैयाँ निक्षेप संकलन राष्ट्र बैंकले वित्तीय प्रणालीमा अधिक तरलताको दबाब परेपछि फेरि ४० अर्ब रुपैयाँ तान्न लागेको हो ।

२०८१ असार ७ गते (आज) शुक्रबार मध्याह्न १२ बजेसम्म अनलाइन बिडिङ प्रणाली सफ्टवेरमार्फत ४० अर्ब रुपैयाँ बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । यो रकम १४ दिनका लागि प्रशोचन गर्न लागेको हो ।

निक्षेप संकलन भएको रकम र ब्याज भुक्तानी असार २१ गते हुनेछ । राष्ट्र« बैंकका अनुसार वाणिज्य बैंकहरू, विकास बैंक र फाइनान्स कम्पनीहरूले सो उपकरण किनेर तरलता व्यवस्थापन गर्न सक्नेछन् ।

खरिदकर्ताले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्नसक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकका अनुसार यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाहरूमा धितोको रूपमा पनि प्रयोग गर्न सकिनेछ ।

बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन्छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x