Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन रि–इन्स्योरेन्सले पायो भारतीय जीआईसी रिको ‘ट्रिटी अंश’

हिमालयन रि–इन्स्योरेन्सले पायो भारतीय जीआईसी रिको ‘ट्रिटी अंश’


काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीले भारतीय जीआईसी रिको ‘ट्रिटी अंश’ पाएको छ । यसले हिमालयन रिको बिजनेस विस्तारमा सघाउ पुग्ने कम्पनीले जानकारी दिएको छ । भारतको नियमनकारी निकायबाट पुनर्बीमा प्राप्त गर्न स्वीकृति पाएको पहिलो वर्षमा नै हिमालयन रिले विश्व विख्यात पुनर्बीमा कम्पनी जीआईसी रिको पुनर्बीमा ट्रिटीमा हिस्सा पाउन सफल भएको छ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भारतसहित अन्य ३० भन्दा बढी मुलुकहरूमा व्यवसाय विस्तार गर्न सफल भएको छ ।

‘एकपछि अर्काे उपलब्धि हासिल हुने क्रममा जीआईसी रिले देखाएको विश्वासले कम्पनीलाई आगामी दिनमा अन्य देशमा समेत व्यवसाय विस्तार गर्न हौसला प्रदान गरेको छ’ हिमालयन रिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x