नागरिक लगानी कोष र युनाइटेड मेवाखोला हाइड्रोपावरबीच सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र युनाइटेड मेवाखोला हाईड्रोपावरबीच सम्झौता भएको छ । युनाइटेड हाइड्रोले सर्वसाधारणको लागि छुट्टाइएको एक सय रुपैयाँ अंकित दरका एक अर्ब ६१ करोड ७० लाख रुपैयाँ बराबरको एक करोड ६१ लाख ७० हजार कित्ता साधारण सेयर निष्काशन गर्नको लागि नागरिक लगानी कोषसँग सम्झौता गरेको हो । उक्त कम्पनीको सेयर प्रत्याभूति कार्य गर्ने सम्बधमा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडको तर्फबाट अध्यक्ष आशीष थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता कार्य कोषको केन्द्रीय कार्यालय नयाँबानेश्वरस्थित सीआईटी बिल्डिङमा बुधबार सम्पन्न भएको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया