Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसगरमाथा लुम्बिनी इन्स्योरेन्स र डेल्क्रेडा नेपालबीच सम्झौता

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र डेल्क्रेडा नेपालबीच सम्झौता


काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र डेल्क्रेडा नेपाल प्राइभेट लिमिटेड (डेल्क्रेडा नेपाल)बीच सम्झौता भएको छ । दुवै कम्पनीहरूबीच नेपालमा उधारो बिक्री बीमा (ट्रेड क्रेडिट इन्स्योरेन्स) प्रवद्र्धन गर्ने विषयमा सम्झौता भएको हो ।

नेपालमा निर्जीवन बीमा क्षेत्रको प्रतिष्ठित कम्पनी सलिको र उधारो बिक्री व्यवस्थापन (ट्रेड क्रेडिट म्यानेजमेन्ट) तथा उधारो बिक्री बीमासम्बन्धी विशेषज्ञता हासिल गरेको कम्पनी डेल्क्रेडा नेपालबीच यही असार चार समझदारी पत्रमा हस्ताक्षर भएको कम्पनीले जानकारी दिएको छ । नेपाली बजार अनुरुप उधारो बिक्री बीमाको शुभारम्भ तथा विकास गर्ने उद्देश्यले सहकार्य गर्ने समझदारी भएको छ । जसबाट व्यवसायीलगायत सरकारलाई पर्याप्त लाभहरू हुने देखिन्छ ।

समझदारी पत्रमा डेल्क्रेडा नेपालका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार पोखरेल र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् । यो सहकार्यको मुख्य लक्ष्य वित्तीय क्षेत्रमा स्थायित्व र पारदर्शिता सुनिश्चित गर्न संयुक्तरूपमा नेपाल बीमा प्राधिकरणलाई नेपालमा उधारो बिक्री बीमाको लागि नियामक ढाँचा विकास गर्न सहयोग गर्नुरहेको कम्पनीले जानकारी दिएको छ । यो सहकार्यले तालिमका कार्यक्रमहरू आयोजना गरेर उधारो बिक्री बीमाको फाइदाहरूका बारेमा व्यवसायहरूलाई सचेत र शिक्षित गर्ने पनि लक्ष्य राखेको छ । साथै, डेल्क्रेडा नेपालले सलिकोलाई उपयुक्त उधारो बिक्री बीमा नीति विकास गर्न, प्राविधिक समाधानहरू प्रदान गर्न र सञ्चालनका लागि निरन्तररूपमा आवश्यक सेवा प्रदान गर्न मद्दत गर्नेछ ।

उधारो बिक्री बीमाको सुरुवातले व्यवसाय, सरकार र बीमा उद्योगमा धेरै फाइदाहरू पुग्ने कम्पनीको भनाइ छ । यस्ता फाइदाहरूअन्तर्गत उधारो बिक्री बीमाले व्यवसायहरूलाई तिनीहरूका ग्राहकहरूले भुक्तानी नगर्ने जोखिमबाट जोगाउने र तिनीहरूका नगद प्रवाहमा बाधा नपर्ने सुनिश्चित गर्ने, उधारो बिक्री बीमाबाट, व्यवसायहरूले आफ्ना ग्राहकहरूलाई प्रतिस्पर्धी क्रेडिट सर्तहरू बढाउन, व्यापार सम्बन्ध सुदृढ गर्न र आफ्नो बजार पहुँच विस्तार गर्न सहयोग पु¥याउने, उधारो बिक्री बीमा गरिएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूले व्यवसायीहरूलाई अनुकूल सर्तमा सहजै ऋण प्रदान गर्ने, आफ्नो व्यवसायहरूलाई ऋण जोखिमहरूबाट जोगाएर, व्यवसायहरूले अझ बढी आत्मविश्वासका साथ दीर्घकालीन वृद्धि र स्थिरताको लागि योजना बनाउन सकिनेलगायतका फाइदाहरू पुग्ने कम्पनीको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x