Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन बचत वृद्धि योजना सार्वजनिक

सिटिजन बचत वृद्धि योजना सार्वजनिक


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बचत वृद्धि योजना आइतबारबाट सार्वजनिक गरेको छ । सिटिजन बचत वृद्धि योजना एक युनिभर्सल जीवन बीमा योजना हो जसले भविष्यको लागि बचत वृद्धि गर्ने अवसर प्रदान गर्नुका साथै मानवलाई आइपर्ने आर्थिक क्षतिबाट बीमितलाई सुरक्षा प्रदान गरी परिवारको आर्थिक भविष्य पनि सुरक्षित गर्दछ । सबैद्वारा समान बीमाशुल्कमा खरिद गर्न सकिने यस जीवन बीमा योजना, अन्तर्राष्ट्रिय बजारमा निकै नै प्रचलित छ । यसअघिको बीमा योजनाहरूमा उमेरको आधारमा बीमाशुल्क फरक हुने गरेकोमा यस नयाँ योजनामा उमेरको कारण बीमा शुल्क फरक नहुने कम्पनीले जनाएको छ । यस योजनामा लोयल्टी रिवार्ड समेत समावेश गरिएको छ । सिटिजन लाइफ इन्स्योरेन्समा भएका उत्कृष्ट योजनाहरूमध्ये सिटिजन बचत वृद्धि योजना पनि एक हो । थोरै लगानी गरी धेरै लाभ उठाउन सकिने यस योजनामा सारिक हुनका लागि न्यूनतम उमेर १८ वर्ष पुगेको हुनुपर्ने छ भने अधिकतम उमेर ५५ वर्ष रहेको छ र यस योजनाको म्याचुरिटी ७० वर्षसम्ममा हुने व्यवस्था रहेको छ ।

यस योजनमा बीमाशुल्क भुक्तानी गरेबापत यस योजनाको सर्त तथा बन्देजको अधीनमा जुन घटना घटेमा भुक्तानी दिने भनिएको हो सो घटना घटेमा बीमाङ्क रकम वा अकाउन्ट भ्यालु बीमितलाई भुक्तानी गरिन्छ । बीमाङ्क रकम भन्नाले बीमालेखअन्तर्गत बीमितको मृत्यु लाभ निर्धारण गर्नका लागि बीमालेखको अनुसूचीमा उल्लेखित बीमाको रकमलाई बुझिन्छ । अकाउन्ट भ्यालु भन्नाले बीमाशुल्कबाट बीमा रक्षावरण शुल्क, प्रशासनिक खर्चहरू र बीमाशुल्कसँग सम्बन्धित खर्चहरू (यदि भएमा) घटाई, लगानी आय र लोयल्टी रिवार्डलाई जोडी आउने सञ्चित रकम भनेर बुझिन्छ ।

यस बीमा योजनामा न्यूनतम वार्षिक बीमाशुल्क १२ हजार रुपैयाँ रहेको छ भने न्यूनतम बीमा अवधि १० वर्ष रहेको छ । बीमितले बीमाशुल्क एकल, वार्षिक, अर्धवार्षिक र त्रैमासिकरूपमा बुझाउन पाउने व्यवस्था रहेको कम्पनीले जनएको छ । कम्पनीले थप सुविधाहरू ‘दुर्घटनाबाट मृत्युलाभ, स्थायी पूर्ण अशक्तता लाभ, स्थायी आंशिक अशक्तता लाभ’ पनि यसै योजनाभित्र समावेश गरेको छ । पुराना योजनाहरूमा स्थायी पूर्ण अशक्तता हुँदा मात्र लाभ पाइन्थ्यो भने यस योजनामा स्थायी आंशिक अशक्तता हुँदा पनि लाभ पाइने व्यवस्था रहेको छ ।

कम्पनीको प्रधान कार्यालय, थापाथलीमा आयोजित कार्यक्रममा सञ्चालक समिति र व्यवस्थापन समूहद्वारा यस नयाँ योजना सार्वजनिक गरिएको हो । कम्पनीले सामान्य जनता माझ बचतको भावनालाई प्रेरित गर्न र आमजनतालाई बीमामैत्री बनाउनका लागि यस योजना ल्याएको बताएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x