Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमिरा बायोटेक र नेपाल एसबीआई मर्चेन्टबीच सम्झौता

मिरा बायोटेक र नेपाल एसबीआई मर्चेन्टबीच सम्झौता


काठमाडौं । मिरा बायोटेक प्रालि र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता भएको छ । बुधबार एक कार्यक्रमका बीच मिरा बायोटेक प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील पौडेल र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा दुवै संस्थाका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो । मिरा बायोटेक प्रालिले विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम औषधी उत्पादन गर्दै आइरहेको छ । साथै, कम्पनीले स्थानीय र विदेशी बजारका लागि औषधीजन्य ठोस खुराक उत्पादन तथा वितरण गर्दै आइरहेको छ ।

वित्तीय परामर्शअन्तर्गत नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले वित्तीय नुन–संरचना, वित्तीय व्यवस्थापन, व्यावसायिक योजना र संस्थाको संरचना हेरफेर सेवाहरू उपलब्ध गराउने छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x