नेको इन्स्योरेन्सद्वारा रेडक्रसलाई एम्बुलेन्स सहयोग
काठमाडौं । देशको बीमा बजारमा विगत २९ वर्षदेखि सेवा प्रदान गर्दै आएको नेको इन्सुरेन्स लिमिटेडले हालै वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले विगतका वर्षहरूदेखि नै आफ्नो सेवा प्रवाहका क्षेत्रमा निरन्तर वृद्धि गर्दै बीमाशुल्क, दाबी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानीलगायतका सूचकांकहरूमा उल्लेखनीय वृद्धि गर्दै आएको छ ।
कम्पनीले व्यवसायका साथसाथै समाज सेवाका लागि समय समयमा विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू पनि गर्दै आएको छ । यसअघि सिरहाको सामुदायिक अस्पताललाई यन्त्र उपकरणको लागि सहयोग, बन्दीपुर तनहुँको सामुदयिक अस्पतालको भवन निर्माणका लागि सहयोग प्रदान गरेको थियो । यसै क्रममा कम्पनीले लुम्बिनी प्रदेशअन्तर्गत रहेको नेपाल रेडक्रस सोसाइटी, वाणगंगा उपशाखा, कपिलवस्तुलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एम्बुलेन्स सौजन्यस्वरूप प्रदान गरेको छ । आइतबार कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल रेडक्रस सोसाइटी, वाणगंगा उपशाखाका सभापति शंकर पाण्डेलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका छन् ।
सो अवसरमा लुम्बिनी प्रदेशसभाका सांसद विष्णु पन्थी, नेपाल प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी, कम्पनीका अध्यक्ष रमेश कुमार निरौला तथा प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काको समेतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- काठमाडौँका करिडोर तथा केही मुख्य सडकमा आवागमन प्रभावित
- ललितपुर नखिपोटमा खोलाले बगाउँदा चार जना बेपत्ता
- कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह
- बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षाको सम्भावना
- ललितपुरको किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो
- दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात
- झापामा भारी वर्षा, सम्भावित क्षतिबाट जोगिन स्थानीय प्रशासन तयारी अवस्थामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया