Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकद्वारा विद्यालयलाई सहयोग

सिटिजन्स बैंकद्वारा विद्यालयलाई सहयोग


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुदूरपश्चिम प्रदेश, बझाङ गोलाइमा अवस्थित श्री बाल विकास माध्यमिक विद्यालयलाई पुनर्निर्माणको लागि एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । गत असोजमा गएको विनाशकारी भूकम्पले गर्दा विद्यालय भवनका कोठाहरू पूर्ण तथा आंशिकरूपमा क्षतिग्रस्त भएका र यसले गर्दा पठनपाठनमा समेत असर परेकाले बैंकले विद्यालय भवन निर्माणका लागि सो सहयोग उपलब्ध गराएको हो । बैंकको यस कार्यबाट विद्यार्थीहरूको पठनपाठनमा केही सहजता हुने र उनीहरूले पाउने शिक्षाको गुणस्तरमा समेत वृद्धि हुने विश्वास बैंकले लिएको छ । कक्षा एकदेखि १२ सम्म अध्यापन हुने यस विद्यालयमा हाल करिव तीन सय विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।

बैंकले हाल देशैभर फैलिएका आफ्ना एक सय ९२ वटा शाखा, एक सय ५५ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाईहरूबाट १७ लाख ५९ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । हाल ५६ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप पाँच वटा शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x