एनआईसी एसिया लघुवित्तको सञ्चालक तथा अध्यक्षमा शर्मा नियुक्त
काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक तथा अध्यक्षमा प्रकाश राज शर्मा नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा यही असार १३ गते बसेकोे संस्थाको सञ्चालक समितिको बैठकले हेकुली–०४, दाङ स्थायी घर भई हाल भैसेँपाटी, ललितपुर–२५ निवासी प्रकाशराज शर्मालाई उक्त रिक्त रहेको सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व हुने सञ्चालक पदको बाँकी रहेको कार्यकालसम्मको लागि नियुक्त गरेको छ । साथै, सोही सञ्चालक समितिको बैठकबाट प्रकाशराज शर्मालाई सर्वसम्मतिका साथ अध्यक्षको पदमा समेत चयन गरिएको छ ।
नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्ष समेत भइसकेका शर्माको कृषि क्षेत्र, विभिन्न लघुवित्त एवं बैंक तथा वित्तीय क्षेत्रमा करिब ४२ वर्षको कार्यानुभव रहेको छ । उनले व्यवसाय प्रशासन विषयमा स्नाकोत्तर तथा कृषि विज्ञान विषयमा स्नातकको उपाधि हासिल गरेका छन् । लघुवित्त क्षेत्रमा लामो समयको अनुभव रहेको हुँदा उनको नेतृत्वमा संस्थाले नयाँ उचाइ हासिल गर्ने संस्थाको विश्वास रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया