Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविजय लघुवित्तको साधारणसभा

विजय लघुवित्तको साधारणसभा


काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही असार ३० गते काभ्रेको धुलिखेल लज रिसोर्टमा आफ्नो १५ औँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत संस्थाले एफपीओ निष्काशन गर्ने, सोसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेलगायतका विशेष प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ । त्यसैगरी सभाले सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट चार जना र सर्वसाधारण समूहको तर्फबाट दुई जना सञ्चालकहरूको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्नेजस्ता सामान्य प्रस्तावहरू पनि पारित गर्ने समेतको तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x