Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आइएमई र गुरु ट्राभल्सबीच सहकार्य

ग्लोबल आइएमई र गुरु ट्राभल्सबीच सहकार्य


काठमाडौं । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरू ट्राभल्स लिमिटेड तथा नेपालको बैंक तथा वित्तीय क्षेत्रमा सशक्तरूपमा स्थापित÷क्रियाशील वाणिज्य बैंक ग्लोबल आइएमई बैंकबीच व्यावसायिक सम्झौता भएको छ । ग्लोबल आइएमई बैंकको नक्साल शाखा प्रबन्धक पवन कुमार पौडेल तथा गुरू ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलबाट हस्ताक्षरित सहमतिपत्र बुधबार आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

सहमतिपत्रमा उल्लेख भएबमोजिम ग्लोबल आइएमई बैंकका कर्मचारी तथा ग्राहकहरूलाई गुरू ट्राभल्स लिमिटेडले विभिन्न ट्राभल प्याकेजहरूमा १० लाख रूपैयाँसम्मको स्पेसल डिस्काउन्टका साथै अन्य विभिन्न आकर्षक सुविधाहरू उपलब्ध गराउनेछ । यस्तै, गुरु ट्राभल्स लिमिटेडका कर्मचारी एवम् ग्राहकहरूले बैंकमा ट्राभल कार्ड तथा डलर कार्ड खरिदमा पाँच सय रूपैयाँ बराबरको स्पेसल डिस्काउन्टलगायत अन्य विविध सेवामा अफरहरू प्राप्त गर्ने जनाइएको छ । सामाजिक अभियानहरू तथा संस्थागत सामाजिक क्रियाकलापहरूमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ ।

कार्यक्रममा ग्लोबल आइएमई बैंकको नक्साल शाखा प्रबन्धक पवन कुमार पौडेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे । गुरू ट्राभल्सका साथमा भएको व्यावसायिक सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्न थप योगदान पुग्ने विश्वास समेत उनले व्यक्त गरे ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x