Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमावेशी आधारभूत विद्यालयलाई सिटिजन्स बैंकको सहयोग

समावेशी आधारभूत विद्यालयलाई सिटिजन्स बैंकको सहयोग


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला अत्तरियामा अवस्थित सुप समावेशी आधारभूत विद्यालयलाई २० वटा फ्यान सहयोगस्वरूप उपलब्ध गराएको छ । सो विद्यालय शारीरिकरूपमा अपांगता भएका बालबालिकाहरूलाई आवासियरूपमा राखेर अध्यापन गराउने सुदूरपश्चिम प्रदेशको एक मात्र विद्यालय हो । दिन प्रतिदिन बढ्दै गएको गर्मीको कारण अशक्त बालबालिकाहरूको पठनपाठन र दिनचर्यामा असर परेको हँुदा गर्मीको असरलाई केही हदसम्म भए पनि न्यूनीकरण गर्ने मनासायले बैंकले विद्यालयलाई फ्यान सहयोग प्रदान गरेको हो । बैंकको यस कार्यबाट विद्यार्थीहरूको दैनिक क्रियाकलाप र पठनपाठनमा केही सहजता हुने विश्वास बैंकले लिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ । बैैंकले देशैभरि फैलिएका आफ्ना एक सय ९३ वटा शाखा, एक सय ५६ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग इकाइहरूबाट १७ लाख ६० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

हाल ५६ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप चार वटा शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x