Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसडक दुर्घटना न्यूनीकरणका लागि नेपाल बैंकको सहयोग

सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल बैंकको सहयोग


काठमाडौं । नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको परिसरका सडकहरूमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक डिभाइडरहरू सहयोगस्वरूप प्रदान गरेको छ । नेपाल बैंकको कीर्तिपुर शाखामा एक कार्यक्रम आयोजना गरी बैंकको तर्फबाट शाखा प्रबन्धक नारायणप्रसाद दाहालद्वारा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल, प्राडा ध्यानेन्द्रबहादुर राई समक्ष सडक डिभाइडरहरू हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्राडा ध्यानेन्द्र बहादुर राईले नेपालको पहिलो बैंक नेपाल बैंकले त्रिभुवन विश्वविद्यालय परिसरको सडक दुर्घटना न्यूनीकरणका साथै सडक प्रयोग गर्ने सबैको सुरक्षाको लागि संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा धन्यवाद दिँदै प्रशंसा व्यक्त गरे । नेपाल बैंकको कीर्तिपुर शाखाका शाखा प्रबन्धक नारायणप्रसाद दाहालले बैंक र नेपालको प्रतिष्ठित विश्वविद्यालयबीच युगौंदेखि रहेको सम्बन्ध र विश्वविद्यालयले शिक्षा क्षेत्रमा खेलेको अतुलनीय भूमिकाको सह्राना गर्दै बैंकले सडक दुर्घटना न्यूनीकरण एवम् सडक सुरक्षित बनाउन आवश्यक सामग्री सहयोग गर्न पाएकोमा खुसी लागेको र आगामी दिनमा समेत बैंकको तर्फबाट यस प्रकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साह र नेपाल बैंकको कीर्तिपुर शाखाका कर्मचारी तारा राईलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x