Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु बैंकको भिजा बिजनेस डेबिट कार्ड सञ्चालनमा

प्रभु बैंकको भिजा बिजनेस डेबिट कार्ड सञ्चालनमा


काठमाडौं । प्रभु बैंक लिमिटेडले भिजा बिजनेस डेबिट कार्ड सेवा सुरु गरेको छ । बैंकले भिजा इन्टरनेसनलसँगको सहकार्यमा पूर्ण नविनतम् सुविधासहितको प्रभु बिजनेस डेबिट कार्ड सेवा आइतबारदेखि सञ्चालनमा ल्याएको हो । बैंकले आइतबारदेखि सञ्चालनमा ल्याएको यो प्रभु बिजनेस डेबिट कार्ड सेवा अन्तर्राष्ट्रियरूपमै व्यावसायिक कारोबारको सरल र सुरक्षित विद्युतीय भुक्तानीको माध्यम मानिएको छ ।

प्रभु बिजनेस डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने र गरिरहेका खाताधनीहरूलाई लक्षित गरी डेबिट कार्डसम्बन्धी सुविधा उपलब्ध गराउने लक्ष्यसहित यो सेवा सुरु गरिएको हो । बिजनेस डेबिट कार्ड विशेषगरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित रहेको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, कर्पोरेट र व्यापारिक घरानाहरू, स्कुल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्ट, अस्पताल आदिमा यो सेवा लागू हुन सक्ने छ । जसले आफ्ना व्यापारी, विक्रेता, आपूर्तिकर्ता र सेवा प्रदायकहरूलाई नियमितरूपमा साना र ठूला भुक्तानी गर्न सहजता हुने जानकारी पनि बैंकले दिएको छ ।

बैंकका अनुसार यो एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो, यसमा कार्डमार्फत गरिएको भुक्तानी सुरक्षित रहन्छ । बिजनेस डेबिट कार्डको मद्धतले निम्नलिखित भुक्तानी आवश्यकता केन्द्रिकृत गरेर तत्काल लाभ उठाउन सकिने बैंकको भनाइ छ । बिजनेस डेबिट कार्डको सहयोगले बिजनेस हाउसहरूले यात्रा र मनोरञ्जन हेडसँग सम्बन्धित आफ्नो खर्चलाई डिजिटलाइज गर्न सक्नेछन् । यस सम्बन्धमा बिजनेस डेबिट कार्डको मद्धतले टिकटहरू (हवाई र बस) तुरुन्तै अनलाइन वा पीओएस टर्मिनलहरूमार्फत ट्राभल एजेन्टहरूसँग खरिद गर्न सकिन्छ । यसरी व्यावसायिक प्रयोजनमा आफ्ना कर्मचारीहरूलाई कुनै पनि अग्रिम सुविधा प्रदान गर्नुपर्दैन र पछि हिसाब मिलान गर्न र अपरेसन झन्झट कम गर्दै अग्रिम भुक्तानी व्यवस्थित गर्न साथै होटल खर्च पनि छुट्याउन सकिने बैंकको भनाइ छ ।

यसैगरी बिजनेस डेबिट कार्डको सहयोगले व्यापारिक घरानाहरूले आफ्नो कार्डमार्फत सिधै आफ्नो आपूर्ति र खरिदको लागि भुक्तानी गर्न सक्छन् । उनीहरूले विक्रेताहरूसँग राम्रो छुटको लागि सिधै कुराकानी गर्न सक्छन् । किनकि विक्रेताले उनीहरूको बैंक खातामार्फत तुरुन्तै सुरक्षितरूपमा भुक्तानी प्राप्त गर्दछन् । भुक्तानी प्रविधिमा तीव्र परिवर्तन र विश्वव्यापीरूपमा सहजताका साथ यसलाई अपनाउँदै, बिजनेस डेबिट कार्डहरूले संगठनहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको प्रशिक्षणको लागि भुक्तानी गरेर उनीहरूको प्रशिक्षण आवश्यकताहरू पूरा गर्न मद्दत पुग्ने बैंकको भनाइ छ ।

कमर्स, कन्ट्याक्टलेस पेमेन्ट र ओम्नी च्यानल खरिदको वृद्धिसँगै व्यापारिक घरानाहरूले आफ्नो व्यवसाय सञ्चालनका लागि डिजिटल पेमेन्ट सोलुसनहरू अपनाइरहेका छन् । बिजनेस डेबिट कार्डले व्यापारिक घरानाहरूका लागि सुरक्षित, भरपर्दो र प्रभावकारी तरिकाले डिजिटल भुक्तानीको सुविधा प्रदान गर्छ । प्रभु बैंकद्वारा सञ्चालनमा आएको यो बिजनेस डेबिट कार्डको मद्धतले व्यावसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यवसाय प्रवर्द्धनमा सहजता तथा पारदर्शिता समेत कायम रहने बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x