Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सको नयाँ ब्याजदर

समृद्धि फाइनान्सको नयाँ ब्याजदर


काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार १ गते देखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले असार महिनाका लागि निक्षेपमा पाँच दशमलव २५ देखि छ दशमलव २५, रेमिट्यान्स बचत खातामा सात दशमलव २५ प्रतिशत, व्यक्तिगत मुद्दती निक्षेपकतर्फ अधिकतम आठ दशमलव २५ प्रतिशत र संस्थागततर्फ सात दशमलव २५ प्रतिशत ब्याजदर तोकेको छ ।

फाइनान्सले व्यक्तिगततर्फ तीनदेखि छ महिना अवधिका लागि सात दशमलव २५ प्रतिशत, छ महिनादेखि नौ महिना अवधिका लागि सात दशमलव ५० प्रतिशत, नौ महिनादेखि एक वर्ष अवधिका लागि सात दशमलव ७५ प्रतिशत, एक वर्षदेखि दुई वर्ष अवधिका लागि आठ प्रतिशत र दुई वर्षदेखि माथिका लागि आठ दशमलव २५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

त्यस्तै, संस्थागततर्फ छ महिनादेखि नौ महिना अवधिका लागि छ दशमलव ५० प्रतिशत, नौ महिनादेखि एक वर्ष अवधिका लागि छ दशमलव ७५ प्रतिशत, एक वर्षदेखि दुई वर्ष अवधिका लागि सात प्रतिशत र दुई वर्षदेखि माथिको अवधिका लागि सात दशमलव २५ प्रतिशत ब्याजदर तोकेको छ ।

समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरूमार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x