Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सका ग्राहकहरूलाई क्यापिटल हस्पिटलमा छुट

समृद्धि फाइनान्सका ग्राहकहरूलाई क्यापिटल हस्पिटलमा छुट


काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले क्यापिटल हस्पिटल प्रालि बागबजार काठमाडौंसँग समझदारी गरेको छ । उक्त समझदारीअन्तर्गत समृद्धि फाइनान्सका सम्पूर्ण सेयर सदस्यहरू, कर्मचारीहरू तथा खातावालाहरूले मिति २०८१ असार १२ देखि २०८३ असार ११ गतेसम्म समृद्धि मोबाइल बैंकिङ र डेबिड कार्ड प्रयोग गरी क्यापिटल हस्पिटल प्रालि बागबजार काठमाडौमा स्वस्थ्य उपचार सेवाको उपभोग गरी भुक्तानी गर्दा भारी छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पूर्ण सेयरसदस्यहरू कर्मचारीहरू तथा खातावालाहरू लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ ।

सम्झौतामा फाइनान्सका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत शुभाष श्रेष्ठ र क्यापिटल हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक प्राडा अशोक रत्न बज्राचार्यले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ । फाइनान्सका सम्पूर्ण सेयर सदस्यहरू, कर्मचारीहरू तथा खातावालाहरूले क्यापिटल हस्पिटल प्रालिबाट अर्थोपेडिक (अपरेशन/प्रक्रिया शुल्क), स्त्री रोग (अपरेसन÷प्रक्रिया शुल्क) र सामान्य शल्यक्रिया (अपरेसन÷प्रक्रिया शुल्क)मा १० प्रतिशत छुट पाउने छन् । यसैगरी अल्ट्रा साउन्डमा १५ प्रतिशत, प्रयोगशाला सेवामा (सबै उपलब्ध परीक्षणहरूको लागि) १५ प्रतिशत, एक्स–रे मा २० प्रतिशत, फिजियोथेरापीमा १० प्रतिशत, फार्मेसीमा १० प्रतिशत र बेड चार्जमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने फाइनान्सले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको वित्तीय संस्था समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x