बैंकहरूको शाखा संख्या साढे ११ हजार
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको कुल शाखा संख्या ११ हजार पाँच सय नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म लघुवित्तसहित एक सय १० वटा वित्तीय संस्थाहरूको कुल शाखा संख्या ११ हजार पाँच सय २८ वटा पुगेको हो ।
सबैभन्दा बढी शाखा लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकहरूको देखिएको छ । विकास बैंक र फाइनान्स कम्पनीहरूको शाखा संख्या तुलनात्मकरूपमा कम छन् । जसमध्ये वाणिज्य बैंकहरूको पाँच हजार ३२, विकास बैंकहरूको एक हजार एक सय ३५, फाइनान्स कम्पनीहरूको दुई सय ८८ र लघुवित्त वित्तीय संस्थाहरूको पाँच हजार एक सय ११ वटा शाखाहरू सञ्चालनमा छन् ।
पूर्वाधार विकास बैंकको हालसम्म केन्द्रीय कार्यालयबाहेक अन्य कुनै पनि ठाउँमा शाखा कार्यालय सञ्चालनमा छैन ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- गैरबैंकिङ सम्पत्तिमा सर्वोच्चको व्याख्या
- फेरि रोकियो धितोपत्र बोर्डको अध्यक्ष छान्ने काम
- सुनजस्तो देखिने आठ किलो धातुसहित दुई भारतीय नागरिक पक्राउ
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया