Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सका ग्राहकलाई मेघा हस्पिटलमा छुट

समृद्धि फाइनान्सका ग्राहकलाई मेघा हस्पिटलमा छुट


काठमाडौं  । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बिहीबार मेघा हस्पिटल प्रालि सानेपा, काठमाडौंसँग समझदारी गरेको छ । उक्त समझदारीअन्तर्गत समृद्धि फाइनान्सका सम्पूर्ण खातावालाहरूले मिति २०८१ असार २१ देखि २०८३ असार २० गतेसम्म समृद्धि मोबाइल बैकिङ र डेबिड कार्ड प्रयोग गरी मेघा हस्पिटल प्रालि सानेपा काठमाडौंमा स्वस्थ्य उपचार सेवाको उपभोग गरी भुक्तानी गर्दा ३० प्रतिशत र फार्मेसीमा १५ प्रतिशत छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पूर्ण खातावालाहरू लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुभाष श्रेष्ठ र मेघा हस्पिटल प्रालिका तर्फबाट प्रबन्ध निर्देशक श्री किशोरजंग रानाले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको वित्तीय संस्था समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरूमार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x