सहकारीबाट नमस्ते–पेमा पैसा लोड गर्न सकिने
काठमाडौं । स्मार्ट प्लेटफर्मका प्रयोगकर्ताहरूले अब प्लेटफर्मसँग जोडिएका दुई सयभन्दा बढी सहकारी संस्थामार्फत आफ्नोे आवश्यकताअनुसार नमस्ते–पे वालेट सजिलै लोड गर्न र भुक्तानी गर्न सक्नेछन् । यो सुविधाले प्रयोगकर्ताहरूलाई घरमै बसेर नमस्ते–पे वालेट लोड गर्ने सुविधा प्रदान गर्दछ, जसले सहकारी संस्थाहरूमा भौतिकरूपमा उपस्थित हुनुपर्ने आवश्यकतालाई घटाउन मद्दत गर्दछ । वालेट लोड गर्ने प्रक्रिया प्रयोगकर्तामैत्री छ, जसले गर्दा न्यूनतम प्राविधिक ज्ञान भएका व्यक्तिहरूले पनि सजिलै यस सेवाको लाभ उठाउन सक्नेछन् । नमस्ते–पे र स्मार्टबीचको यो सहकार्यले नेपालमा वित्तीय सेवाहरूको डिजिटलाइजेसनमा महत्वपूर्ण योगदान पुर्याउनेछ, जसले गर्दा वित्तीय सेवाहरूको पहुँच बढाउन, वित्तीय समावेशीकरणलाई प्रोत्साहित गर्न र डिजिटल साक्षरतालाई बढावा दिन सहयोग पुर्याउनेछ ।
नमस्ते–पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य छ । जसअनुरुप एसट्रीक ५०० ह्यास डायल गरेर नमस्ते–पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन् । रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानीजस्ता सेवाहरू अफलाइन उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले यूसएसडी (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया