सबै प्रदेशमा सिटिजन्स बैंकको ‘लर्निङ सेन्टर’
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सबै प्रदेशको प्रदेश कार्यालयस्थित आफ्नै भवनमा ‘लर्निङ सेन्टर’ सञ्चालनमा ल्याएको छ । कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा एकैसाथ बैंकले लर्निङ सेन्टर सञ्चालनमा ल्याएको हो । कर्मचारीहरूलाई तालिम प्रदान गर्न, प्रादेशिकस्तरका कार्यक्रमहरू सञ्चालन गर्न, विभिन्न किसिमका बैठक तथा गोष्ठीहरू सञ्चालन गर्न बैंकले लर्निङ सेन्टरको स्थापना गरेको हो । यो लर्निङ सेन्टरबाट कोशीमा ५७, मधेशमा ७७, बागमतीमा ८०, गण्डकीमा ३३, लुम्बिनीमा ५६, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ गरी एकैपल्ट ३६५ जनाले कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् ।
मंंगलबार बैंकको मुख्य कार्यालयमा आयोजित एक समारोहका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले भर्चुअलरुपमा लर्निङ सेन्टरहरूको उद्घाटन गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले बैंकले स्थापना गरेको लर्निङ सेन्टरमा कार्यक्रमहरू सञ्चालन गर्न सहजता हुने र सञ्चालन भएका कार्यक्रमहरूले कर्मचारीहरूको व्यक्तित्व र क्षमता विकासमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन एवं सबै प्रदेशका प्रदेश प्रमुखका साथै क्लसटर प्रमुखलगायत शाखा प्रमुखहरू गरी दुई सय ६५ जना कर्मचारीहरूको उपस्थिति थियो । मंगलबार लर्निङ सेन्टरहरूको उद्घाटनकै दिनमा देशभर रहेका सातवटै सेन्टरबाट कोशीमा २३, मधेशमा २०, बाग्मतीमा ४०, गण्डकीमा नौ, लुम्बिनीमा २३, कर्णालीमा पाँच र सुदूरपश्चिममा १० जना गरी एक सय ३० कर्मचारीहरूले प्रशिक्षण पनि लिएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया