Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकको अन्तरदेशीय क्यूआर पेमेन्ट सुविधाको निरन्तरता

महालक्ष्मी विकास बैंकको अन्तरदेशीय क्यूआर पेमेन्ट सुविधाको निरन्तरता


काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन–पेसँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकहरूलाई क्यूआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्यूआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको छ ।

यसअन्तर्गत भारतीय नागरिकहरूले भारतीय भुक्तानी सेवा प्रदायकहरू जस्तैः भिम–पे, पेटीएम, गुगल–पे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्यूआर कोडमा स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्टोरहरूमा तत्काल, सुरक्षित र सुविधाजनक तरिकाले भुक्तानी गर्न सक्नेछन् । यस्ता कार्यबाट नेपाल र भारतबीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्धलाई थप नयाँ उचाइमा पु¥याउन र नेपालको आर्थिक तथा पर्यटन विकासमा समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । यसअघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

साथै नेपाल आउने भारतीय पर्यटकहरूलाई लक्षित गरी उक्त सेवा अझ छिटो, छरितो र भरपर्दो रूपमा प्रदान गर्न यस बैंकले आफ्ना संस्थागत ग्राहकहरूसँग आवश्यक सहकार्य समेत गर्नेछ । डिजिटल भुक्तानीका माध्यमहरूको नवीनतम प्रयोगप्रति बैंक सधैँ प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्यूआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रूपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x