इ–सेवा मनि ट्रान्सफरद्वारा बम्पर उपहारमा प्राप्त हुने घर सार्वजनिक
करिब तीन आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर
काठमाडौं । इ–सेवा मनि ट्रान्सफरले सञ्चालन गरेको मेरो डिजिटल देश अभियानअन्तर्गत विदेशबाट इ–सेवा वालेटमा पैसा पठाउँदा काठमाडौंमा जित्ने घर (बम्पर उपहार) सार्वजनिक गरेको छ । साथै, २०८० असोज १ गतेबाट सुरु गरिएको यो योजना कार्तिक ३०, २०८१ सम्म (४ महिना) थप गरिएको छ ।
इ–सेवा मनि ट्रान्सफरले दुई वर्षअघि डिजिटल कारोबार प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यका साथ मेरो डिजिटल देश अभियानको सुरुवात गरेको थियो । नेपाल सरकारको ‘डिजिटल नेपाल’को अवधारणालाई मूर्तरूप दिन सहयोग गर्ने, परम्परागत शैलीको विप्रेषण कारोबार तथा नगद प्रकृतिको कारोबारलाई डिजिटलीकरणमा रूपान्तरणको निम्ति प्रोत्साहन गर्ने हेतुका साथ यो अभियान सुरु गरिएको थियो ।
जसअन्तर्गत पूर्णबहादुर श्रेष्ठ पहिलो वर्षको विजेता भई काठमाडौंमा घर जित्न सफल भएका थिए । यस अभियानले विदेशमा रहेका नेपालीहरूमा डिजिटल साक्षरता र सशक्तीकरणको प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेलेको तथ्यलाई मध्यनजर गर्दै पुनः एक पटक इ–सेवा मनि ट्रान्सफरले १० महिना अघि ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिँदै फेरि पनि एकजना भाग्यशाली विजेतालाई काठमाडौंमा घर दिने घोषणा गरेको थियो । जसअन्तर्गत विदेशबाट इ–सेवा मनि ट्रान्सफरमार्फत इ–सेवा वालेटमा रेमिट्यान्स पठाउने एकजना भाग्यशाली विजेताले फेरि पनि काठमाडौंमा घर जित्न सक्ने छन् ।
कम्पनीले हालै मात्र यस अभियानमा विजेता बन्ने सेवाग्राही महानुभावलाई प्रदान गरिने घर सार्वजनिक गरेको छ । विदेशबाट आफूले इच्छाएको व्यक्तिको इ–सेवा वालेटमा रकम पठाउने व्यक्तिहरूमध्येबाट गोलाप्रथाद्वारा एकजनालाई कम्पनीले ललितपुर महानगरपालिका वडा नं ३ इमाडोलमा करिब तीन आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर बम्पर उपहारस्वरूप प्रदान गर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया