Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन एभरेष्ट इन्स्योरेन्सलाई एसिया अवाड्र्सका दुई अवार्ड

हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई एसिया अवाड्र्सका दुई अवार्ड


काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा ‘डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र ‘स्ट्राटजिक पार्टनरसिप अफ द इयर–नेपाल’ अवार्ड् पाउन सफल भएको छ ।

यसबारेमा बोल्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सका डेपुटी जेनेरल म्यानेजर, सञ्जय अर्यालले भने, ‘यी अवार्डहरूले हामीलाई नयाँ मापदण्डहरू बनाउन र हाम्रा सेवाग्राहीहरूलाई अझै उत्कृष्ट सेवाहरू प्रदान गर्न प्रेरित गरेको छ । हामीलाई यहाँसम्म आइपुग्न साथ दिने समस्त सेवाग्राही तथा साझेदारहरूप्रति आभार व्यक्त गर्न चाहन्छौँ ।’ यी दुवै अन्तर्राष्ट्रिय अवार्डले डिजिटल सेवा र एनसेल, इसेवा र खल्तीजस्ता कम्पनीहरूसँगको साझेदारीमार्फत वित्तीय समावेशीकरणलाई

प्रवर्द्धन गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले निर्वाह गरेको मुख्य भूमिकालाई उजागर गरेको छ । यी उपलब्धिहरूले बीमा उद्योगमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको नेतृत्व, नवप्रवर्तन र उत्कृष्टताप्रतिको समर्पणलाई बलियो बनाएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x