सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता
काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता भएको छ । बैंकका अनुसार विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रअन्तर्गत आगामी एक वर्षका लागि सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ ।
बैंकले २०७४ सालदेखि विपन्न महिलाहरूको उपचारका लागि उक्त अस्पतालमार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ । बैंकले प्रत्येक ‘नारी बचत खाता’ खोलेबापत बैंकको तर्फबाट मासिक एक रूपैयाँको दरले नारी राहत कोषमा रकम जम्मा गर्दै आएको छ । सो कोषमा जम्मा भएको रकम देशभरका विभिन्न अस्पतालमार्फत विपन्न नारीहरूको उपचारमा सहयोग गर्दै आएको छ ।
पाटन अस्पतालको परिसरमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सानिमा बैंकको देशका सातै प्रदेशमा एक सय ३३ वटा शाखा कार्यालय र एक सय २४ वटा एटीएम काउन्टर सञ्चालनमा रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया